कावासोती ।  आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली शभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा सोमवार उहाँको फोटोमा माल्यापर्ण, फुल गुच्छा र अविरले श्रद्धान्जली अर्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनु भउका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती ब्यहोर्नुपरेको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उर्जाशिल, क्षमतावान एक कुशल पत्रकार गुमाउनुपर्दा सिंगो नेपाली पत्रकारीता जगत मर्माहत बनेको बताउँदै उहाँले मृतक पौडेलप्रती श्रद्धान्जली र परिवारजनमा समवेदना ब्यक्त गर्नु भयो ।

सैगरी नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले त्रिभुवन पौडेलको निधनले पत्रकारीतामा ठुलो क्षती भएको बताउनु भयो । श्रद्धाञ्जी सभामा जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेका थियो ।पत्रकार पौडेलको निधनप्रति जिल्ला शाखा नवलपुरले शोक पुस्तिका कार्यालयमा राखेको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनु भयो । आगामि १३ दिन सम्म शोक पुस्तिका जिल्ला शाखाको कार्यालयमा राखिने सचिव गौडेलले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया