नवलपुर । बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको पैसाले यहाका बिपन्न समुदायलाई बिहिवार ओडने सिरक बांडिएको छ । गैडाकोट नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष गोपी कंडेलले जापान र अस्टेलियामा रहेका आफन्तवाट सहयोग जुटाएर यहाका ६४ घरपरिवार बिपन्न समुदायका परिवारलाई ओडने सिरक बांडेका हुन ।

अस्ट्रेलियामा र जापानमा रहेका दुई बहिनीहरु र स्थानिय नरिश्वर सापकोटाले सहयोग गरेका हुन । सुकुम्वासी टोलका ६४ घरपरिवारलाई एक एक वटा सिरक वांडिएको हो । एक लाख मुल्य बराबरको सिरक दिने कंडेलका आफनै दुई बहिनीहरु हुन ।बोटे, माझी , मुसहर र दलित समुदाय कठांग्रिदो जाडोमा ओडन सुबिधा पुगोस भनेर आफनै बहिनीहरुलाई गरेको आग्रह अनुसार बिहिवार आफैले ति समुदायका हरेक घरपरिवारलाई सिरक बांडेको वडा अध्यक्ष कंडेलले जानकारी दिए ।

आफु हुर्केको गाउका विपन्न समुदायलाई कपडा दिएर सहयोग गर्न पाउदा आफुहरुलाई खुशिलागेको सहयोगी चन्दा भुसालले सुनाइन । चन्दा भुसाल र सारदा सापकोटा वडा अध्यक्ष कंडेलकी आफनै सहदर बहिनी हुन । अर्का सहयोगी नरिश्वर सापकोटा (हाल जापान) पनि स्थानिय बासिन्दा हुन ।वडा नम्बर १७ को झराहि खोला किनार र नारायणी नदी किनारमा ति समुदायको बासोबास रहेको छ ।

तपाईको प्रतिक्रिया