गैँडाकोट। नवलपुरको गैँडाकोट रहेको कखरा मन्टेश्वरीको दोस्रो बार्षिकोत्सव एवंम् अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।कखरा मन्टेश्वरी व्यवस्थापन समितिका अध्यक्ष सुनिल ढकालको अध्यक्षता तथा गैँडाकोट वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष रेग्मीले कखरा मन्टेश्वरीले यस क्षेत्रका अभिभावकहरुको मन जित्न सफल भएको भन्दै प्रसंसा गर्नुभयो । नानीबाबुहरुलाई कस्तो बनाउने भन्नेकुरा अभिभावकहरुको हातमा हुने भन्दै उहाँले घरमै बालमैत्री बातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।१८ घण्टा बालवालिकाहरु तपाईहरुकै साथमा हुन्छन् उहाँले भन्नुभयो : हामिले कस्तो संस्कारमा हुर्काउछौ, के कुरा सिकाउछौ त्यहि कुरा कलिला बाबुनानीहरुले सिक्छन् । वडा र नगरपालिकाको तर्फबाट शिक्षाको क्षेत्रमा गर्न सकिने सहयोगका लागि वडा कार्यालय सदैव तयार रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मिलनटोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइरालाले कखराको यात्रा विगत १२ वर्षदेखि रहेको स्मरण गर्नुभयो । यस क्षेत्रमा कखरा पाको भैसक्यो मैले त करिव १२ वर्षदेखि नजिकबाट नियालेको छु कोइरालाले भन्नुभयो ।अभिभावकहरुको तर्फबाट शुभकामना दिदै विप्लव राउतले गुणस्तरीय शिक्षा र पारिवारिक बाताबरण तथा अर्गानिक खानाको कारणले कखरा अन्य मन्टेश्वरीको तुलनामा अव्वल रहेको बताउनुभयो ।

सो अवसरमा कखराले विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तीतृय हुने विद्यार्थी तथा अभिभावकहरुलाई पुरस्कार प्रदान गर्नुका साथै वेष्ट शिक्षक अवार्डबाट सोनी परियारलाई प्रदान गरेको थियो । स्कुलका प्राचार्य गायत्री ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कखराका प्रवन्ध निर्देशक गणेश अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया