×

गैँडाकोट । नवलपरासी प्रहरीले भारतबाट अवैधरुपमा ल्याउदै गरेको अवैध चौपाया (भैसी/पाडा)  नियन्त्रणमा लिएको छ । खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य चौपायाहरु भित्राउने गरेको भन्ने बिशेष सूचनाको आधारमा पाँचवटा भैसी र ६ वटा पाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का डिएसपी भोजराज पाण्डेयका अनुसार प्रतापपुर गाउँपालिका वडा नं. ४ हरपुराबाट प्रहरीको टोलिले अवैध चौपाया नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चाैपायाहरुकाे  मूल्य ४ लाख बराबरकाे रहेकाे प्रहरीकाे अनुमान छ ।

चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्नेसुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको छ  ।

तपाईको प्रतिक्रिया