×

चितवन सेरोफेरो

शौचालयमा लडेर चितवनमा एक पुरुषको मृत्यु

शौचालयमा लडेर चितवनमा एक पुरुषको मृत्यु
चितवन । चितवनमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. २ का ३५ बर्षका प्रकाश सुनारको शौचालयमा लडेर ज्यान गएको हो । उनको स्थायी घर सिन्धुपाल्चोक हो । मंगलबार विहान शौचालयमा लडेर गम्भिर घाइते भएका सुनारलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

रक्तदाता उत्प्रेरणा अभियानमा ब्लड डोनर्स सोसाइटी नेपाल

रक्तदाता उत्प्रेरणा अभियानमा ब्लड डोनर्स सोसाइटी नेपाल
  रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जागाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ । गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले पूर्वी नेपालका २५ भन्दा बढी स्थानहरुमा कार्यक्रम सम्पन्न भईसकेको छ र पश्चिम तर्फ भने तनहुँ , लमजुङ,कास्की, स्याङ्जा,पाल्पा हुँदै कैलाली सम्म रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधि...

चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न, ४ सय बढी विद्यार्थीले लिए परामर्श

चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न, ४ सय बढी विद्यार्थीले लिए परामर्श
  चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । उक्त एजुकेशन फेयर ग्लोबल रिचको नयाँ कार्यालय भाटभटेनी नजिकै रहेको रोटरी भवनमा शनिबार सम्पन्न भएको हो ।अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजना भएको एजुकेशन फेयरमा ४५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थी एवम् आफ्ना छोराछोरीलाई अष्ट्रेलिया पठाउन चाहेका अभिभावकले फेयरमा सहभागी भएर अष्ट्रेलियाकै युनिभरसिटी तथा...

खैरहनीमा विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन

खैरहनीमा विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन
खैरहनी । खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुवात गरेको छ। बिपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिका भित्र बिभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो । आज खैरहनी नगरपालिका वडा नं ८ स्थित मगनी टोलमा गृहकार्य कक्षाको सुरुवात गर्दै नगर प्रमुख शशीकुमार खनियाले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सि...

इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत

इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चन्द्रकान्त बस्नेत आउनु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत बस्नेतको इच्छाकामना गाउपालिकामा सरुवा भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालको केहिदिन अघि अन्यत्रै सरुवा भएपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत आउनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई आजै गाउँपालिकाले स्वागत गरेको छ । गाउपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल तथा वडाअध्...

उवासंघ चितवनका निर्वाचित सदस्य पण्डितलाई बधाई तथा सम्मान

उवासंघ चितवनका निर्वाचित सदस्य पण्डितलाई बधाई तथा सम्मान
चितवन । चितवनको भरतपुरमा रहेको आगम बचत तथा ऋण सहकारी संस्थाले उद्योग बाणिज्यसंघ चितवनको कार्यसमितिमा निर्वाचित युवा व्यवसायी तथा समाजसेवी उपेन्द्र पण्डितलाई सम्मान गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ६ चोकबजारमा रहेको सो सहकारीले सहकारीका सञ्चालक समेत रहेका युवा व्यवसायी पण्डितलाई आज एक कार्यक्रमकाविच सम्मान गरेको हो । भरतपुरको मेघौलीमा आयोजना गरिएको संस्थाको समिक्षा बैठकमा उहालाई सम्मान गरिएको आगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो...

गलेश्वर आश्रमका ज्येष्ठ नागरिक र बटुकहरुलाई स्पन्दन नेपालको भोजन

गलेश्वर आश्रमका ज्येष्ठ नागरिक र बटुकहरुलाई स्पन्दन नेपालको भोजन
गैँडाकोट। चितवनको भरतपुरमा रहेको स्पन्दन नेपालले तनँहुको देवघाटधामा रहेको गलेश्वर आश्रममा रहेका बटुक तथा ज्येष्ठ नागरिक हरुलाई विहानीको भोजन खुवाएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत  आश्रममा रहेका ३२५ जना विद्यार्थी तथा ज्येष्ठ नागरिकहरुलाई विहानीको भोजन गराइएको संस्थाका अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो । स्पन्दन नेपालका सल्लाहकार रन्जु मैनालीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिब बिमला दहालले गर्नुभएको थियो । कार्यक्रममा सस्थाका उपाध्यक्ष म...

खैरहनीमा मेलमिलापकर्ताको नगरपरिषद सम्पन्न

खैरहनीमा मेलमिलापकर्ताको नगरपरिषद सम्पन्न
चितवन ।  खैरहनी नगरपालिकामा मेलमिलापकर्ताहरुको १ दिवसीय नगरपरिषद भेला एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगर परिषद भेलालाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले सबै मेलमिलापकर्ताहरु नगरमा दिगो शान्ती, न्याय र मेलमिलाप स्थापनाका लागि एकढिक्का भई निस्वार्थ र इमान्दारिताका साथ लाग्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक असमानताको अन्य गर्दै दिगो शान्तीको सूनिश्चितताको लागी मेलमिलापकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै ...

एकसातादेखि बेपत्ता चितवन गितानगरका ५८ बर्षीय न्यौपाने कहाँ होलान् ?

एकसातादेखि बेपत्ता चितवन गितानगरका ५८ बर्षीय न्यौपाने कहाँ होलान् ?
चितवन । भरतपुर महानगरपालिका वडा नं. ६ गितानगर निवासी ५८ वर्षीय केदारनाथ न्यौपाने बेपत्ता हुनुभएको छ ।पौष २६ गते बिहान ६ बजे गितानगर घरबाट निस्किनुभएका न्यौपाने हालसम्म परिवारको सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ।परिवार एकदमै पिडामा रहेकोले घरपरिवार सम्झेर छिट्टै सम्पर्कमा आउन न्यौपानेकी दिदी रिता अधिकारीले आग्रह गर्नुभएको छ। दाई तपाईँ जहाँ हुनुहुन्छ, हामी त्यहीँ लिन आउछौँ तपाई जसरी भएपनि हाम्रो सम्पर्कमा आउनुहोला अधिकारीले दोहोर्‍याईन्। न्यौपानेका परिवारमा हाल एक क...