चितवन कांग्रेसको विवाद छताछुल्ल: सभापति खनाल तानाशाही भएको आरोप
चितवन । स्थानीय र संघीय निर्वाचनदेखि नै नेपाली कांग्रेस चितवनमा आन्तरिकरूपमा बढेको आरोपप्रत्यारोप पुन: छताछुल्ल भएको छ ।कांग्रेस चितवनका सभापति राजेश्वर खनालका निकटतम प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले विज्ञप्ति नै निकालेर सभापति खनाललाई तानशाहको आरोप लगाएपछि विवाद सतहमा आएको हो ।
देशभर गठबन्धन सरकार भएको अवस्थामा जिल्लाका सहकारी, विद्यालय व्यवस्थापन समिति, उद्योग वाणिज्य संघको निर्वाचनलगायतमा राजेश्वर खनालले एकलौटी निर्णय गर्ने गरेको श्रेष्ठ पक्षधरको आरोप छ ।विज्ञप्तिमार्फ...


