रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदै छ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।
सभापति लामिछानेले पार्टी पदाधिकारी र सांसदहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ ।रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक-काठमाडौँ दबाब यात्राको स...


