अंकुरम् र एस.जी.आइ. स्कूलबीच सांस्कृतिक साझेदारी कार्यक्रम
चितवन । एस.जी.आइ स्कूल, महाराष्ट्र, भारत र अंकुरम् एकेडेमीको बीचमा नेपाल-भारत सांस्कृतिक साझेदारी कार्यक्रम अन्तर्गत एस.जी.आइ स्कूलका प्रिन्सिपल डा. नविन होलापुरको नेतृत्वमा दुई शिक्षक सहित १५ जना विद्यार्थीहरुको टिमलाई अंकुरम् एकेडेमीमा एक कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ।
इन्डो-नेपाल कल्चरल एक्चेन्ज प्रोग्राम को स्वागतार्थ आयोजित उक्त कार्यक्रमको उद्घाटन बिरुवामा संयुक्त रुपमा जल सेचन गरी एसजीआई स्कूलका प्रिन्सिपल डा. नविन होलापुर, अंकुरम् एकेडेमीका निर्देशक नैम चौधर...


