×

चितवन सेरोफेरो

पुष्पाञ्जली हस्पीटल भरतपुरमा ठुलो संख्यामा कर्मचारी आह्वान (सूचि सहित)

पुष्पाञ्जली हस्पीटल भरतपुरमा ठुलो संख्यामा कर्मचारी आह्वान (सूचि सहित)
चितवन । चितवनको पुष्पाञ्जली हस्पीटलले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित सो हस्पीटलले नर्सीङ सुपरभाइजर, स्टाफ नर्स, पारामेडिक्स, ओपीडी एसिसटेन्ट र रिसेपसनिष्ट माग गरेको हो । हस्पीटलका ब्यवस्थापक सुजनराज अधिकारीका अनुसार अस्पताल नयाँ संरचनामा जाने तयारी अन्तिम चरणमा पुगेसँगै विभिन्न विधाका कर्मचारीहरु आह्वान गरिएको हो । फागुन महिनाबाटै हामिले अत्याधुनिक भरतपुरको बालमन्दिर रोड स्थित सुविधासम्पन्न भवनबाट सेवा प्रारम्भ गर्दैछौ, अध...

काठमाण्डौं र भरतपुरबाहेक अन्यत्र चिकित्सक जाँनै मान्दैनन् : स्वास्थ्य मन्त्री जोशी

काठमाण्डौं र भरतपुरबाहेक अन्यत्र चिकित्सक जाँनै मान्दैनन् : स्वास्थ्य मन्त्री जोशी
  चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले काठमाण्डौं र भरतपुर बाहेक अन्यत्र विशेषज्ञ चिकित्सक जानै नमान्ने गरेको बताउनु भएको छ । यहाँका ६ वटा रोटरी क्लबहरुले आजदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकिएको बताउनु भएको हो । उहाँले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै...

कृत्रिम हातखुट्टा उपलब्ध गराउन भरतपुरमा रोटरी क्लबको १५ दिने शिविर

कृत्रिम हातखुट्टा उपलब्ध गराउन भरतपुरमा रोटरी क्लबको १५ दिने शिविर
  चितवन । यहाँका रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएका छन् । चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धी जानकारी दिईएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा शिविर हुन लागेक...

भरतपुर महानगर र माडी नगरबीच भगिनी सम्बन्ध कायम

भरतपुर महानगर र माडी नगरबीच भगिनी सम्बन्ध कायम
  चितवन। चितवनका दुई स्थानीय तहबीचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज माडीमा एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो। भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महत्तोले दश बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन्। दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल...

शुक्रबार देखि नारायणगढमा ‘नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी’ हुदै

शुक्रबार देखि नारायणगढमा ‘नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी’ हुदै
चितवन । चितवनमा पहिलोपटक नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ । यही माघ २६ र २७ गते नारायणी नदी किनार प्रदर्शनी मैदानमा नेपाली चिया प्रदर्शनी हुन लागेको हो ।राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदर्शनी गर्न लागेको नारायणगढमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउनुको साथै यसका फाइदाहर...

अर्किड उद्‌घोषण तारा २०८० को उपाधि ग्रिनल्याण्ड स्कूल लाई 

अर्किड उद्‌घोषण तारा २०८० को उपाधि ग्रिनल्याण्ड स्कूल लाई 
भरतपुर । भरतपुर १० स्थित अर्किड मावि द्वारा १३ औ वार्षिकोत्सव मा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारंभिक प्रतियोगिता अन्तरगत अर्किड उद्‌घोषण तारा - २०८० को उपाधि ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ । त्यसैगरि प्रतियोगीतामा द्धितिय उपाधि लिटिल फ्लावर नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मावि भरतपुरले प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सबैलाइ पदक र ट्रफी संगै सहभागिलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशक आकाश...

प्रेस चौतारी चितवनले बाँड्यो विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री

प्रेस चौतारी चितवनले बाँड्यो विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री
चितवन । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी चितवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गरेको छ ।प्रेस चौतारी चितवनले भरतपुर महानगरपालिका वडा नं। २८ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय अन्द्रौलीका ७७ जना बालबालिकाहरुलाई किताव कापी बोक्ने झोला, कापी, पेन्सिल, इरेजर, कटर, हात धुने सावुन, डेन्टल किट्सहरु वितरण गरेको हो ।   चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार महानगरको केन्द्रबाट टाढा...

माडीमा वडास्तरीय सार्वजनिक सुनुवाइ

माडीमा वडास्तरीय सार्वजनिक सुनुवाइ
चितवन । माडी-३, वडाबासीहरुले वडाध्यक्ष पुरन महतो सहित वडाका जनप्रतिनिधिहरु समक्ष खुला रुपमा आफ्ना प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् ।स्वदेश एफ.एमको सहजिकरणमा बसन्तपुर बजारमा सम्पन्न माडी ३ वडा कार्यालयको चालू आ.व २०८०/८१ को सार्वजनिक सुनुवाईमा सहभागी रहँदै वडाका राजनैतिक दल, टोल विकास संस्था, युवा, महिला, उपभोक्ता समिति, सहकारी, संघसंस्था एवं वडाबासीहरुले वडा कार्यालयसामु आफ्ना प्रश्न र सुझावहरु राखेका हुन् । वडाबासीहरुले वडामा बन्यजन्तु एवं बाढीको समस्या रहेक...

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने
काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ। यसअघि संघीय सरकारले बागमती प्रदेश सरका...