चितवन । चितवनको पुष्पाञ्जली हस्पीटलले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित सो हस्पीटलले नर्सीङ सुपरभाइजर, स्टाफ नर्स, पारामेडिक्स, ओपीडी एसिसटेन्ट र रिसेपसनिष्ट माग गरेको हो ।
हस्पीटलका ब्यवस्थापक सुजनराज अधिकारीका अनुसार अस्पताल नयाँ संरचनामा जाने तयारी अन्तिम चरणमा पुगेसँगै विभिन्न विधाका कर्मचारीहरु आह्वान गरिएको हो ।
फागुन महिनाबाटै हामिले अत्याधुनिक भरतपुरको बालमन्दिर रोड स्थित सुविधासम्पन्न भवनबाट सेवा प्रारम्भ गर्दैछौ, अधिकारीले भने, त्यसकै लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राख्ने योजना बनाएका हौ ।
५५ शैया क्षमताको पुष्पाञ्जली हष्पीटलले नयाँ भौतिक संरचना निर्माण गरेसँगै १०० शैया क्षमताको अस्पताल सञ्चालनको अनुमति पाउने पक्कापक्की भएको छ ।




उज्यालो खबर




