वैवााहिक वार्षिकोत्सवको अवसरमा अधिकारीले गरे चौतारीको भवन बनाउन आर्थिक सहयोग
चितवन । समाजसेवी विष्णु अधिकारी र शोभा अधिकारीले ३६ औं वैवाहिक बार्षिकोत्सवका अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर घर भएका अधिकारीले प्रेस चौतारी चितवनको निर्माणाधीन भवनमा आएर १० हजार नगद चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गरेका हुन् ।
प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा बन्न लागेको प्रति खुसी भएको भन्दै अधिकारीले भवन निर्माणमा इट्टा थप्ने मात्रै प्रयास गरेको बताए । भरतपुर महानगर...


