×

चितवन । एस.जी.आइ स्कूल, महाराष्ट्र, भारत र अंकुरम् एकेडेमीको बीचमा नेपाल-भारत सांस्कृतिक साझेदारी कार्यक्रम अन्तर्गत एस.जी.आइ स्कूलका प्रिन्सिपल डा. नविन होलापुरको नेतृत्वमा दुई शिक्षक सहित १५ जना विद्यार्थीहरुको टिमलाई अंकुरम् एकेडेमीमा एक कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ।

इन्डो-नेपाल कल्चरल एक्चेन्ज प्रोग्राम को स्वागतार्थ आयोजित उक्त कार्यक्रमको उद्घाटन बिरुवामा संयुक्त रुपमा जल सेचन गरी एसजीआई स्कूलका प्रिन्सिपल डा. नविन होलापुर, अंकुरम् एकेडेमीका निर्देशक नैम चौधरी र प्राचार्य सुमन पौडेलले गरेका थिए।

प्राचार्य सुमन पौडेलले आगन्तुक शिक्षक र विद्यार्थीहरुको स्वागतार्थ स्वागत मन्तव्य दिएका थिएभने सह-प्राचार्य ओमराज मैनालीले अंकुरम् तथा एस.जी.आइ. दुवै स्कूलका समस्त टिमलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। अंकुरम् एकेडेमीका विद्यार्थीहरुको विभिन्न समूहले गायन, नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया