भरतपुर। वालवालिका मा पठन, लेखन र सिर्जन क्षमता को विस्तार होस भन्ने उद्देश्य अनुरूप पठन शैली को निरन्तरता अभियान अन्तर्गत अर्किड मा वि भरतपुर ले बाल साहित्य सिर्जनाको संस्करणात्मक कार्यक्रम कफि हाउस -२०८० सम्पन्न गरेको छ।
कक्षा ५ देखि ८ सम्मका १० वर्ष उमेर समुहदेखी १४ वर्ष उमेर समुहका विद्यार्थिहरूलाइ सिर्जनात्मक लेख अध्ययन गराइ लामो अभ्यास पछि उनीहरुलाई नै विधागत तरिकाले साहित्य सिर्जना तर्फ लगाइ नमुना पुस्तक लेखन गराइने कार्यक्रमको को रुपमा कफि हाउस रहेको शिक्षिका प्रभा थापाले बताउनु भयो।
साहित्यकार पुष्पअधिकारी अन्जली, लेखराम सापकोटा र नरेन्द्र नगरकोटि को बिशेष आतिथ्यता रहेको कार्यक्रमको प्रमुख अतिथी मा साहित्यकार एवम नवोदय विद्यालय हेटौंडाका नेपालि विभाग प्रमुख सिएम रिमाल हुनुहुन्थ्यो ।करिब १७० विद्यार्थीहरूले आ आफ्नो नवीन रचना को विधागत प्रस्तुति गरि नमूना पुस्तक प्रस्तुत गरेका थिए। कलिला बालवालिकाको यो प्रयासले भविष्यमा साहित्यको गर्विलो पुस्ता निर्माण हुन सक्ने आशा कार्यक्रम संयोजक मिरा आचार्य ले गर्नु भयो।
विद्यालयका निर्देशक आकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षकद्वय विकल्प श्रेष्ठ र चम्कला थापाले गर्नु भएको थियो।



उज्यालो खबर




