×

चितवन सेरोफेरो

ग्लोबल रिचको एजुकेशन फेयर माघ ६ गते भरतपुरमा

ग्लोबल रिचको एजुकेशन फेयर माघ ६ गते भरतपुरमा
चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही माघ ६ गते अष्ट्रेलिया शैक्षिक मेला गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थी र डकुमेन्ट्स पुरा गरेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला गर्न लागिएको हो । हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसॅंग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला गर्न लागिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी जानकारी दिए । ‘ हरेक बर्ष जस्तै यसपटक पनि हामीले एजुकेश...

त्रिशूली नदीमा भारतीय ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै

त्रिशूली नदीमा भारतीय ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामा...

मापसे गरेका देवघाटका नगर प्रहरीले चलाएको मोटरसाइकलले कारलाई ठक्कर दियो

मापसे गरेका देवघाटका नगर प्रहरीले चलाएको मोटरसाइकलले कारलाई ठक्कर दियो
देवघाट । मादक पदार्थ सेवन गरि देवघाट गाउँपालिका नगर (गाउँ) प्रहरी जवान बिजय थापा मगरले चलाएको मोटरसाईकले देवघाट गाउँपालिका–५ अँधेरी खोल्सी स्थित दासढुङ्गा–देवपुर सडक खन्डमा सोमबार विहान कारलाई ठक्कर दिएको छ । अत्याधिक मापसे गरेका गाउँ प्रहरी जवान थापाले तिब्र गतिमा चलाएको गाउँपालिकाको स्वामित्वमा रहेको ग १ त २७९ नम्बरको सरकारी मोटरसाईकलले दमौलीबाट माघे संक्रान्ति मेला भर्न देवघाट आउँदै गरेको ग ३ च ९७१७ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिएको थियो । सो दुर्घटनामा कोही पनि घा...

रत्ननगर महोत्सव : एकै दिन ३६ हजारले गरे अबलोकन

रत्ननगर महोत्सव : एकै दिन ३६ हजारले गरे अबलोकन
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी रत्ननगर महोत्सवको एकै दिन ३६ हजार बढीले अबलोकन गरेका छन् । सोमबार माघे संक्रान्ति परेका कारण महोत्सव अबलोकनकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । महोत्सवमा अबलोकनकर्ताको भीड बढेपछि आयोजकलाई नियन्त्रण गर्न मुश्किल भएको थियो । पौष २६ गतेबाट महोत्सव सुरु भएको हो । पहिलो दिन १० हजार, दोस्रो दिन १० हजार, तेस्रो दिन २८ गते १५ हजार, २९ गते १२ हजार र सोमबार एकै दिन ३६ हजारले महोत्सव अबलोकन गरेको संघका कोषाध्...

घरघरमा अण्डा पु¥याउने अभियानमा किसान दाना

घरघरमा अण्डा पु¥याउने अभियानमा किसान दाना
चितवन । किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सा सम्म पु¥याउने अभियानमा यहाँको किसान दाना उद्योग लागि परेको छ । खोरबाट भान्सा सम्म पुग्दा बिभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई सस्तो र ताजा अण्डा पु¥याउन नसकिने भएकाले उद्योगले जिल्ला जिल्लामा आफ्नै डिपो मार्फत अण्डा पु¥याउन थालेको हो । उद्योगले हाल सम्म १४ ओट डिपो संञ्चालनमा ल्याएको छ । आज मात्र पाँचथरको फिदिममा १४ औं डिपोको शुभारम्भ गरिएको हो । डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले उद्घाटन गर...

रत्ननगरको टाँडीमा सांस्कृतिक खाना महोत्सव सुुरु

रत्ननगरको टाँडीमा सांस्कृतिक खाना महोत्सव सुुरु
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु भएको छ । रत्ननगर महोत्सव अन्तर्गत आयोजना गरिएको खाना महोत्सवको बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कको खालीचौरमा खाना महोत्सव सुरु भएको हो । ३२ वटा स्टल रहेको खाना महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।महोत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र ...

रत्ननगर महोत्सव : पर्यटन विकासका लागि धार्मिक जिप सफारी सञ्चालन

रत्ननगर महोत्सव : पर्यटन विकासका लागि धार्मिक जिप सफारी सञ्चालन
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा पर्यटन विकासको लागि धार्मिक जिप सफारी सञ्चालन गरिएको छ । रत्ननगर नगरपालिका भित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धनको लागि धार्मिक जिप सफारी सुरु गरिएको छ । रत्ननगर नगपालिकासंग सहकार्य गरी महोत्सव अन्तर्गतको पर्यटन प्रबर्द्बन समिति र पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिले सयुक्त रुपमा धार्मिक जिप सफारी सञ्चालन गरिएको संघका सदस्य तथा पर्यटन प्रबर्द्धन समितिका संयोजक नेत्र गिरीले जानकारी ...

ड्राइभिङ स्कुल सञ्चालकले भने : सरकारले उपेक्षा गर्यो

ड्राइभिङ स्कुल सञ्चालकले भने : सरकारले उपेक्षा गर्यो
चितवन । चालक अनुमतीपत्र पाउनुपूर्व दक्ष चालक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ड्राइभिङ् स्कुलका सञ्चालकहरुले आफूहरुलाई राज्यले नहेरेको गुनासो गरेका छन् । पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन शुक्रबार चितवनमा भेला भएका सञ्चालकहरुले सरकारले सम्बोधन नगर्दा आफूहरुको अर्बौ रुपैयाँको लगानी खेर जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । देशभर एक हजार पाँच सय भन्दा बढी ड्राइभिङ् स्कुल सञ्चालनमा रहेका छन् । उनीहरुले रु एक करोडदेखि २० करोडसम्म लगानी गरेर चालकहरुलाई प्रश...

एक्सपर्ट ‘क्यानडा–युएसए एजुकेशन फेयर’ मा विद्यार्थीको आकर्षण

एक्सपर्ट ‘क्यानडा–युएसए एजुकेशन फेयर’ मा विद्यार्थीको आकर्षण
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनद्धारा आयोजित ‘एक्सपर्ट क्यानडा–युएसए एजुकेशन फेयर–२०२४’ मा विद्यार्थीको आकर्षण देखिएको छ ।उच्च शिक्षा अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थी लक्षित आयोजित फेयरमा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । विद्यार्थी क्यानडासंगै युएसएका लागि बढी उत्सुक देखिएका थिए । पछिल्लो समय अष्ट्रेलियाले विद्यार्थी भिषामा कडाई गरेसंगै विद्यार्थीहरु क्यानडा र अमेरिका केन्द्रित भएका हुन् । फेयरमा सहभागि विद्यार्थीहरले क्यानडा र ...