×

चितवन सेरोफेरो

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द
चितवन । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्...

टिकौलीमा रत्ननगर महोत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

टिकौलीमा रत्ननगर महोत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । सो अबसरमा उनले सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थि...

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका
चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उहाँका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्...

रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट

रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट
चितवन–रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो । ‘महोत्सवको टिकट लिएर उपचार गराउन आउँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं, यसले जो कोहीलाई पनि अस्पतालमा छुटसहितको उपचार पाउन सहज हुनेछ’–सिएमसीका सूचना अधिकारी पारस अधिकारीले भने । उनका अनुसार महोत्सवको टिकटको मान्यता एक महिनासम्मको रहने छ । अस...

प्रवासमा रहेकी पत्रकार वस्नेतद्धारा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग

प्रवासमा रहेकी पत्रकार वस्नेतद्धारा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग
चितवन ।श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि प्रवासमा रहेकी पत्रकार रुपा वस्नेतले आर्थिक सहयोग गरेकी छिन् ।प्रेस चौतारी चितवनको सदस्यसमेत रहेकी वस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि १५ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् । हाल बैदेशिक रोजगारीका क्रममा रहेकी वस्नेतले पत्रकारहरुको भवन निर्माण हुनु आफ्नो लागिसमेत निकै खुसीको विषय भएको भन्दैं भवनका लागि सहयोग गर्ने चाहाना पहिलादेखि नै राखेको वताइन् । भरतपुर महानगरपालिका–१...

रत्ननगर महोत्सव भोलिदेखि सु्रु हुँदै, तयारी पूरा

रत्ननगर महोत्सव भोलिदेखि सु्रु हुँदै, तयारी पूरा
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महोत्सवको तयारी सकिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयोजकले बुधबार महोत्सव परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयार पूरा भएको हो । सो महोत्सवको कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा मोटलबोट मुख्य आकर्षण रहेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले जानकारी दिए...

प्रधानमन्त्रीको उपस्थितिमा कुमाल समुदायले चितवनको गोलाघाटमा ‘माघे सक्राति’ मनाउदै

प्रधानमन्त्रीको उपस्थितिमा कुमाल समुदायले चितवनको गोलाघाटमा ‘माघे सक्राति’ मनाउदै
प्रतिमा कुमाल चितवन । कुमाल समुदायले ‘माघे सक्राति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालको आयोजनामा देशभरका कुमाल एकै स्थानमा जम्मा भएर हर्स उल्लासका साथ माघे सक्राति पर्व मनाउन लागेको हो । पुस २८, २९ र माघ १ गते चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउन लागेको समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमाल विशालले जानकारि दिए । उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जन...

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
चितवन। चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएको छन् ।आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने बताए । माघ १ गते नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र चर्चित गायिका अनु चौधरीको प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ । चितवनवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको खिचरा ...

मतदाताको रोजाईमा परेका दुई उम्मेदवार दाताराम र उपेन्द्र

मतदाताको रोजाईमा परेका दुई उम्मेदवार दाताराम  र उपेन्द्र
चितवन । चितवनका उद्योगी व्यवसायीका माझ लोकप्रिय दुई उम्मेदवार दाताराम घिमिरे र उपेन्द्र पण्डित । उद्योग वाणिज्य संघको निर्वाचनमा यी दुई व्यवसायी सदस्यमा उम्मेदवारी दिए । चर्चामा रहेपनि निर्वाचनका लागि बनेको प्यानलमा यी दुवै जना परेनन् । ठुलो रस्सकस्सीका बीच प्यानलमा नाम नपरेपछि उनीहरु ब्यक्तिगत रुपमा निर्वाचनमा होमिए । पार्टीको रोजाईमा नपरेका उनीहरु मतदाताको रोजाईमा परे । दुवैजना प्यानल बाहिरबाट जिते,त्यो पनि लोकप्रिय मतका साथ । ‘पार्टीले नचिनेर के भो हामीजस्ता मतदाताले चिनेक...