×

चितवन । चितवनका उद्योगी व्यवसायीका माझ लोकप्रिय दुई उम्मेदवार दाताराम घिमिरे र उपेन्द्र पण्डित । उद्योग वाणिज्य संघको निर्वाचनमा यी दुई व्यवसायी सदस्यमा उम्मेदवारी दिए । चर्चामा रहेपनि निर्वाचनका लागि बनेको प्यानलमा यी दुवै जना परेनन् । ठुलो रस्सकस्सीका बीच प्यानलमा नाम नपरेपछि उनीहरु ब्यक्तिगत रुपमा निर्वाचनमा होमिए । पार्टीको रोजाईमा नपरेका उनीहरु मतदाताको रोजाईमा परे । दुवैजना प्यानल बाहिरबाट जिते,त्यो पनि लोकप्रिय मतका साथ । ‘पार्टीले नचिनेर के भो हामीजस्ता मतदाताले चिनेका छौ ’ एक ब्यवसायीले भने-काम गर्ने मान्छे चिनेर लागेर जिताएका हौ ।

दाताराम घिमिरे बाणिज्य तर्फको ६ जना मध्ये टिम बाहिरबाट जित्ने एक्ला उम्मेदवार हुन् । प्यानल बाहिर रहेर पनि ५औं स्थानमा जिते । गैडाकोट घर भएका घिमिरे चितवनमा लामो समयदेखी व्यवसाय गर्दै आएका छन् । उनी दाताज इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक हुन् । आफुहरुलाई अवमुल्यन गरेर टिममा नपारेको गुनासो गरेका थिए ।

त्यस्तै उपेन्द्र पण्डित उद्योग तर्फको सदस्यमा निर्वाचित भएका छन् । १३ उम्मेदवार मध्येबाट ६ जनामा पर्न सफल भएका छन् । उनी ५ औं स्थानमा विजयी भए । उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् । भरतपुरमा उनले होटल संचालन गरेका छन् । घिमिरे र पण्डितको जित जिल्लामा चर्चाको विषय बनेको छ । प्यानलमा नराखेपनि मतदाताको लोकप्रिय मतका साथ जितेका छन् । अबको दुई वर्ष उनीहरुले संघमा सक्रियता देखाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया