×

चितवन सेरोफेरो

रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तीब्र

रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तीब्र
रत्ननगर । चितवनको रत्ननगर स्थित टाँडीमा हुने पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तीब्र पारिएको छ । रत्ननगर महोत्सव अन्तर्गत पौष २९ गतेदेखि माघ ४ गते सम्म सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कको खालीचौरमा खाना महोत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।महोत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुको परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष...

उवासंघ चितवन निर्वाचन : उपाध्यक्षमा ओली, प्रधान र अधिकारी विजयी

उवासंघ चितवन निर्वाचन : उपाध्यक्षमा ओली, प्रधान र अधिकारी विजयी
  चितवन । उद्योग वाणिज्य संघ चितवनको उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित भएका छन् । संघको २०८०–८२ कार्यकालका लागि भएको निर्वाचनमा संस्थापन पक्ष हावी भएको छ । संघको प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओलीले १२ सय ४६ मत ल्याएर निर्वाचित भएका हुन् । ओलीका प्रतिस्पर्धी रजनी मास्केले १ हजार ९० मत पाइन् । उपाध्यक्ष (कर्पाेरेट÷वस्तुगततर्फ) नारायण प्रधानले १ हजार १९९ मत ल्याएर निर्वाचित भए ।...

उवासंघ चितवनको वरिष्ठ उपाध्यक्षमा चिरन्जिवि सुवेदी विजयी

उवासंघ चितवनको वरिष्ठ उपाध्यक्षमा चिरन्जिवि सुवेदी विजयी
चितवन । उद्योग बाणिज्यसंघ चितवनको वरिष्ठ उपाध्यक्षमा चिरन्जिवि सुवेदी विजयी भएका छन् । आफ्ना प्रतिष्पर्धी राजन पियालाई एकसय एघार मतले पछि पार्दै सुवेदीले वरिष्ठ उपाध्यक्ष पद सुरक्षित गरेका हुन् । सुवदीले १२२२ मत प्राप्त गर्दा पियाले ११११ मा चित्त बुझाए । वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगै सुवेदीले आफुलाई विजयी गराउन मत दिने सबैलाई धन्यवाद दिएका छन् ।

उद्योगतर्फ सदस्य पदको नतिजा सार्वजनिक ,प्यानल तोडेर श्रेष्ठ, पण्डित र अधिकारी बिजयी

उद्योगतर्फ सदस्य पदको नतिजा सार्वजनिक ,प्यानल तोडेर श्रेष्ठ, पण्डित र अधिकारी बिजयी
चितवन । उद्योग वाणिज्य संघ चितवनको सोमबार भएको निर्वाचन अन्तर्गत उद्योगतर्फका सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । विहान ४ वजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इमान्दु बराल (१३९०) मत, अशोक श्रेष्ठ (१३२१) मत, पूर्णिमा जोशी श्रेष्ठ (१२६७) मत, धनप्रसाद पोखरेल (१२३९ मत) उपेन्द्र पण्डित (१२३१) मत र शंकर अधिकारी (११९०) मत सहित विजयी भएका छन् । विजयी भएका अशोक श्रेष्ठ, उपेन्द्र पण्डित र शंकर अधिकारी प्यानल बाहिरबाट उमेदवारी दिएर विजयी भएका उमेदबारहरु हु्न् । प्या...

भरतपुरमा जिओमेट्रीक्स इन्जिनियरिङ पढ्दै आएकी छात्राद्धारा सुसाईड

भरतपुरमा जिओमेट्रीक्स इन्जिनियरिङ पढ्दै आएकी छात्राद्धारा सुसाईड
चितवन । चितवनमा डिप्लो ईन जिओमेट्रीकस इन्जिनियरिङ अध्ययन गर्दै आएकी एकछात्राले आत्महत्या गरेकी छिन् । भरतपुरमा रहेको नारायणी बहुप्राविधीक शिक्षालयमा दोस्रो बर्ष अध्ययन गर्दै आएकी रौतहट घर भएकी प्रीया कुमारी जैसवालले साेमबार दिउसाे आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण अहिलेसम्म नखुलेपनि आइतबार सार्वजनिक भएको पहिलोवर्षको पहिलो खण्डको नतिजामा अनुर्तिण भएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । आइतबार सार्वजिनक भएको नतिजामा धैरै विद्यार्थीहरु अनुर्तिण भएका छन् ।

भरतपुरमा बोरामा पोको पारेर फालिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको खुलासा

भरतपुरमा बोरामा पोको पारेर फालिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको खुलासा
अखिलेशकी श्रीमती अस्मिता, अखिलेश र अस्मिताका प्रेमी ऋषभ (बायाँबाट क्रमश:)। तस्बिर सजौन्य: दैनिक भास्कर।   चितवन । भरतपुरको मिलन चोक नजिकै कल्भर्टमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको खुलासा भएको छ।मृतक र हत्यामा संलग्न सबै भारतीय नागरिक हुन्। उनीहरू भारतको विहार राज्यका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार भारतका विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणका ३३ वर्षीय अखिलेश भगतले ती पुरूष र महिलाको...

भरतपुरमा १३ किलो गाँजा सहित एक महिला पक्राउ

भरतपुरमा १३ किलो गाँजा सहित एक महिला पक्राउ
चितवन । चितवन प्रहरीले १३ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं. २ घर भएकी ४३ बर्षिया दुर्गा अधिकारी रहेकी छिन् ।उनलाई आइतबार दिउसो पक्राउ गरिएको हो । भरतपुर महानगरपालिका वडा नं. ३ स्थित डेरामा बस्दै आएकी अधिकारीको कोठाबाटै १३ किलो गाँजा बरामद गरिएको हो ।

उवासंघको चुनावमा दिउसो २:४५ वजेसम्म १३०० मत खस्यो,साँझ ५ : ४५ वजेसम्म मतदान चल्ने, मतगणना आजै

उवासंघको चुनावमा दिउसो २:४५  वजेसम्म १३०० मत खस्यो,साँझ ५ : ४५ वजेसम्म मतदान चल्ने, मतगणना आजै
चितवन । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि आज विहान पौने ९ वजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । दिउसो पौने ३ वजेसम्म १३ सय जनाले मतदान गरिसकेको निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार साँझ पौने ६ वजेसम्म मतदान चल्ने छ । मतदान सम्पन्न भएपछि हुने सर्वपक्षिय छलफल पछि राति ९ वजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । अध्यक्ष पदमा सिरिष पन्त र सुमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा देखिएको छ । पन्त संघको हालको उपाध्यक्ष हुन्...

स्पन्दन नेपालद्धारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

स्पन्दन नेपालद्धारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण
कालिका। भरतपुरमा महिलाहरुले सञ्चालन गरेको संस्था स्पन्दन नेपालले आइतबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने लोतंतीमा रहेको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ । स्पन्दनले आठ वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा र स्टेशनरी दिँदै आएको छ ।तीन कक्षासम्म पढाइ हुने लोतंतीको श्री आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई स्पन्दनले न्यानो कपडा हुडी र सुरुवाल सेट तथा कापी, सिसाकलम, इरेजर लगायतका सा...