उद्योग वाणिज्य संघ चितवनको चुनाव आज, अध्यक्षमा पन्त र श्रेष्ठबीच कडा प्रतिस्पर्धा
चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा सिरिष पन्त र सुमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आज हुने चुनावमा अध्यक्ष पदमा पन्त र श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको छ । पन्त संघको हालको उपाध्यक्ष हुन् भने श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुन् ।नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी र इच्छाकामनाका व्यवसायीहरु आबद्ध संघमा २ हजार ८५४ मतदाता छन् ।नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।...


