चितवन । उद्योग बाणिज्य संघ चितवनको अध्यक्षका प्रत्यासी सिरिष पन्त पपुलर देखिएका छन् । उद्योग बाणिज्यसंघ चितवनको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बनेका पन्त सामाजिक सञ्जाल फेसबुकमा पपुलर देखिएका हुन् ।
केहिदिन अघिसम्म चारहजारको हाराहारीमा फर्लोस रहेको उनको अकाउण्टमा २ दिनको अन्तरालमै ६ हजार बढी फर्लोस भएका छन् । २ दिनमै करिव २ हजारले पन्तलाई पछ्याएको देखिएको छ ।
उद्योग बाणिज्यसंघ चितवनको तृतीय उपाध्यक्षको रुपमा सफल कार्यकाल बिताएका पन्तले अध्यक्ष पदमा उमदेवारी दिएसँगै उवासंघको चुनावलाई चासोपूर्वक हेरिएको छ ।चितवन महोत्सवको हिसाव ३५ दिनभित्र सार्वजनिक गर्ने तथा महोत्सव आयोजना गर्दा हु्ने स्टल बुकिङलाई अनलाईन मार्फत गराउने लगायतका महत्वपूर्ण एजेन्डाहरु अघि सारेका पन्त सबैको साझा उमेदवारको रुपमा मैदानमा छन् ।
पन्तसग अध्यक्ष पदका अर्का उमेदवार सुमन कुमार श्रेष्ठ मैदानमा छन् ।सोमबार विहान उद्योग बाणिज्यसंघ चितवनमा नयाँ नेतृत्व चयनका लागि २७९४ मतदाताले भोट हाल्ने कार्यक्रम छ ।




उज्यालो खबर




