×

चितवन ।व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्यसंघ चितवनको पौष २१ गतेदेखि सुरु हुने ५७ औँ बार्षिक साधरणसभा तथा अधिवेशनमा हालका तृतीय उपाध्यक्ष शिरिष पन्तले अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।भरतपुर महानगरपालिका वडा नं १२ निवासी ४३ वर्षका पन्त सफल हार्डवेयर व्यवसायी हुन । उद्योग बाणिज्यसंघका विगत ६ वर्षदेखि कृयाशिल रहेका पन्त उद्योग बाणिज्य संघको बस्तुगत तर्फका संयोजक समेत हुन् ।

व्यवासायिक हकहित र अधिकारका लागि आफैले नेतृत्व गरेर दवाव दिनका लागि सरोकारवाला निकायसमक्ष पुग्ने तथा समस्या परेको बेला तत्काल उपस्थित भै व्यवसायीहरुका गुनासा सुन्ने गरेका पन्तको उमेदवारीले उवासंघको चुनाव रोमाञ्चक हुने देखिएको छ ।व्यवसायीहरुका समस्या समाधानका लागि नेतृत्व तहमै पुगेर मात्रै पुरा काम गर्न सकिने भन्दै अध्यक्ष पदका प्रत्यासी पन्त यतिवेला चुनावी मैदानमा छन् । यो खबर तयार पार्दासम्म पन्तले आफ्नो समूह सार्वजनिक गरेका छैनन् ।आफु सबैको सझा उमेदवार भएकोले विभिन्न्न गुट या उपगुट भन्दा सबैको साझा बनेर उभिएको उनि बताउछन् ।

व्यवासायिक हक हित तथा सुरक्षा आजको आवश्यकता, संस्थागत शुसासन र पारदर्शिताको प्रतिवद्धता भन्ने मूल नारा लिएर मैदानमा ओर्लिएका शिरिषले उद्योग बाणिज्यसंघलाई विशुद्ध व्यवासायीहरुको छाता संगठनको रुपमा विकास गर्ने, संघ भित्र पारदर्शिता कायम गर्ने, व्यावसाय मैत्री वाताबरण तयार गर्ने, विभिन्न निकायमा लविङ गर्ने तथा युवाहरुलाई उद्यमशील र व्यवासायीक बनाउने लगायतका योजनाहरु अघि सारेका छन् ।भरतपुरको दियालो फुडल्याण्डमा हुने अधिवेशनमा पौष २३ गते २७९४ जना व्यवसायी मतदाताहरुले भोट हालेर उवासंघको नेतृत्व चयन गर्नेछन् ।

 

 

 

तपाईको प्रतिक्रिया