×

चितवन सेरोफेरो

भरतपुरका पौडेल रास्वपाको केन्द्रीय शिक्षा विभागको सदस्यमा मनोनित

भरतपुरका पौडेल रास्वपाको केन्द्रीय शिक्षा विभागको सदस्यमा मनोनित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन भरतपुरका कृष्ण हरि पौडेललाई केन्द्रीय शिक्षा विभागको सदस्य बनाएको छ ।पार्टीका केन्द्रीय महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय शिक्षा विभागको सदस्यमा मनोनयन गर्नुभएको हो । भरतपुर महानगरपालिका वडा नं. ११ निवासी पौडेल लामो समयदेखि शिक्षाक्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

प्रभात माविको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

प्रभात माविको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै
शुक्रनगर । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अध्ययनसँगै श्रम र सीप विस्तार गर्ने गरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु इन्टरलक ब्रिफ, मोज्याक टायल, इको ब्लक बनाउन जुटेका हुन् । सरकारको पढ्दै कमाउँदै कार्यक्रमभित्र परेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुन्छ । क...

फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र अन्नु चौधरीलगायत आउने

फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र अन्नु चौधरीलगायत आउने
चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज समापन हुँदै छ । फुड फेस्टिबलको आज साँझ ५ बजे होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्ने कार्यक्रम छ । पुस १४ गतेदेखि सुरु भएको फुड फेस्टिबलमा हिजो सम्म २५ हजार भन्दा बढी दर्शक पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट ९कृष्ण०ले जानकारी दिए । आज अन्तिम दिन अवलोकनकर्ताको अत्यधिक सहभागी रहने अपेक्षा गरिएको छ । प...

ग्लोबल आइएमई बैंकले नारायणगढमा गरेको रक्तदानमा ८५ युनिट रगत संकलन

ग्लोबल आइएमई बैंकले नारायणगढमा गरेको रक्तदानमा ८५ युनिट रगत संकलन
चितवन। ग्लोबल आइएमई बैंक नारायणगढले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । बैंकको १७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पुरुष र महिला गरि ८५ जनाले रक्तदान गरेको नारायणगढ शाखाका प्रमुख धिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बैंकका भरतपुर र नारायणगढका सातवटा शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्र...

देवघाटका बृद्धाबृद्धालाई बिमक समिति एनएलआइसी नारायणढले खुवायो भोजन

देवघाटका बृद्धाबृद्धालाई बिमक समिति एनएलआइसी नारायणढले खुवायो भोजन
चितवन ।पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाले देवघाटधामा रहनुभएका बृद्धबृद्धाहरुलाई एकदिनको भोजन, खाजा तथा फलफुल वितरण गरेको छ । देवघाट क्षेत्रविकास समितीद्वारा सञ्चालित बृद्धाआश्रमा रहनुभएका ४२ जना बा आमाहरुलाई आज भोजन खुवाउनुको साथै खाजा र फलफुल वितरण गरिएको संघका कोषाध्यक्ष यु कुमारी शर्मा (अनिता)  ले जानकारी दिनुभयो । कार्यक्रममा नारायणगढ शाखा समितीका अध्यक्ष विष्णुभक्त वाग्ले , उपाध्यक्ष हरि प्रसाद उपाध्याय...

उद्योग बाणिज्यसंघ चितवनको अधिवेशनका लागि अन्तिम नामावली सार्वजनिक, पाँच सदस्य निर्विरोध

उद्योग बाणिज्यसंघ चितवनको अधिवेशनका लागि अन्तिम नामावली सार्वजनिक, पाँच सदस्य निर्विरोध
चितवन।व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारणसभा तथा अधिवेशन अन्तर्गत आज उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले दिउसो १ः३० वजे उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको प्रमुख  निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । सार्वजनिक गरिएको अन्तिम नामावली अनुसार बस्तुगत तर्फका चार जना र क्षेत्रीय संघ तर्फका एकजना सदस्य निर्विरोध भएका छन् । आवश्यक संख्या भन्दा बढी उमेदवारी नपरेपछि पाँचजना निर्विरोध निर्वाचित भएका हुन् । उन...

चितवनका तीन पालिकाको माटोमा अम्लियपना वढी देखियो

चितवनका तीन पालिकाको माटोमा अम्लियपना वढी देखियो
चितवन । पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो । गत मङ्सिर २७ गतेदेखि तीन दिन लगाएर यस क्षेत्रका एक हजार ५० ठाउँको माटोको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार मा...

राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल

राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल
चितवन । राप्ती र नारायणी नदीमा २६५ घडियाल गोही फेला परेका छन् ।यहि पौष १ गतेदेखी १५ गते सम्म चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको घडियाल गोहीको अनुगमनमा २६५ घडियाल गोही फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको उहाँले जानकारी दिनुभयो । नारायणी नदीमा ११३ वटा घडियाल भेटिएका थिए । जस मध्ये ३ वटा भाले रहेका छन् । त्यसैगरी राप्ती नदीमा १५२ वटा घडियाल फेला पर...

पोल्ट्री दिवसका अवसरमा चितवनमा ‘चिकेन एण्ड एग फेस्टिवल’

पोल्ट्री दिवसका अवसरमा चितवनमा ‘चिकेन एण्ड एग फेस्टिवल’
चितवन । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो । यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो । महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु...