×

चितवन ।पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाले देवघाटधामा रहनुभएका बृद्धबृद्धाहरुलाई एकदिनको भोजन, खाजा तथा फलफुल वितरण गरेको छ ।

देवघाट क्षेत्रविकास समितीद्वारा सञ्चालित बृद्धाआश्रमा रहनुभएका ४२ जना बा आमाहरुलाई आज भोजन खुवाउनुको साथै खाजा र फलफुल वितरण गरिएको संघका कोषाध्यक्ष यु कुमारी शर्मा (अनिता)  ले जानकारी दिनुभयो ।

कार्यक्रममा नारायणगढ शाखा समितीका अध्यक्ष विष्णुभक्त वाग्ले , उपाध्यक्ष हरि प्रसाद उपाध्याय, सचिव विष्णु प्रसाद पौडेल तथा देवघाट क्षेत्रविकास समितीका  ढकराज कोइरालाले बोल्नु भएको थियो । कार्यक्रम पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती नारायणगढ शाखाका अध्यक्ष विष्णुभक्त वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया