×

चितवन सेरोफेरो

चितवनमा ११औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइने

चितवनमा ११औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइने
चितवन। पोल्ट्रीजन्य वस्तु उत्पादनको हिसाबमा अब्बल साबित हुँदै गएको चितवनमा ११औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइने भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो । मञ्चको मङ्सिर १९ गते भएको कार्यसमितिको बैठकले मञ्चले सरकारी, निजी क्षेत्र, शैक्षिक क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरी यही पुस १७ गते ११औँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा सप्ताहव्यापीरुपमा मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । राष्ट्रिय प...

रवि लामिछानेले गरे गृहमन्त्रीको चर्को आलोचना

रवि लामिछानेले गरे गृहमन्त्रीको चर्को आलोचना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् ।बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ पदको लोभ गर्ने व्यक्तिमा रुपान्तररित भएको बताए । उनले भने, ‘गृहमन्त्री त्यो नारायणकाजी श्रेष्ठ रहेन, जसले इमानको राजनीति गर्थ्यो । जसको राजनीतिलाई आउने पुस्ताले उदाहरणका रुपमा लिन्थ्यो ।’ गृहमन्त्रीले नक्कली भुटा...

फुड फेस्टिबलमा स्वप्न सुमनसँग झुमे दर्शक, आज द स्याडोज आउने

फुड फेस्टिबलमा स्वप्न सुमनसँग झुमे दर्शक, आज द स्याडोज आउने
चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा आइतबार  दर्शकहरु स्वप्न सुमनसँग झुमेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय व्याण्ड र कलाकारहरुको प्रस्तुतीसँग पनि दर्शकले भरपूर मनोरञ्जन लिए । आजदेखि नयाँ वर्ष २०२४ सुरु भएको छ । फुड फेस्टिबलमा गएराति १ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । आइतबार ३०० रुपैयाँको टिकट का...

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सव...

उवासंघ चितवनको अधिवेशनमा अवैधानिक फर्महरुको पनि सदस्यता नविकरण, हटाउन माग गर्दै उजुरी

उवासंघ चितवनको अधिवेशनमा अवैधानिक फर्महरुको पनि सदस्यता नविकरण, हटाउन माग गर्दै उजुरी
चितवन । व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा कानुन विपरितका अवैधानिक फर्महरुलाई पनि सदस्यता नविकरण गरिएको भन्दैं उजुरी परेको छ ।संघको पुस २३ गते हुने ५७ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा करचुक्ता नलिएका, बर्षोसम्म कम्पनी अद्यावधिक नगरेका तथा फर्महरु नै खारेज भएका कम्पनी तथा संघसंस्थाहरुको सदस्यता नविकरण गरिएको भन्दैं विभिन्न ९१ बर्ष फर्महरुलाई माथि छानविन गर्न माग गर्दै उजुरी परेको हो । संघको नियममा आर्थिक बर्ष २०७८/०७९ को करचुक्ता वा सम्वन...

देउराली सहकारीमा ५२ जनाले गरे रक्तदान

देउराली सहकारीमा ५२ जनाले गरे रक्तदान
नारायणगढ  । देउराली बचत तथा ऋण सहकारी संस्था भरतपुर ३ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम मा ५२ जनाले रक्तदान गरेका छन्  । भरतपुर महानगरपालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यतामा  आयोजित सो कार्यक्रम संस्थाका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा सम्पन्न भएको हो । सह सचिव यादव रिमालको संयोजकत्व मा आयोजित कार्यकममा वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक वसन्त पाण्डे, सल्लाहकार गुमानसिंह खड्का, संस्थाका परिकल्पनाकार एबं सल्लाहकार अर्जुन अधिकारी...

सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ : ओली

सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ : ओली
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गरेका हुन् । धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै ओलीले भने, ‘केही बुझ्नु भयो तपाईंले रु त्योभन्दा केह...

‘३२ वर्षदेखि पर्या–पर्यटन प्रवर्द्धनमा रमाउँदै चितवनमा न्यौपाने’

‘३२ वर्षदेखि पर्या–पर्यटन प्रवर्द्धनमा रमाउँदै चितवनमा न्यौपाने’
चितवन । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताउनुभएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर खोज्दै पुग्नुभयो । उहाँलाई जागिरका लागि चितवन जान भनियो । भट्टराईका स्वकीय सचिव हरिप्रसाद उपाध्यायले न्यौपानेलाई चितवन जान सक्छौँ ? भनेर सोध्नुभयो । “काठमाडौँमा हुर्किएको मलाई त्यहाँको काम जनावर देखाउनुपर्छ भनियो, मलाई प्...

भरतपुरमा मोटरसाइकल दुर्घटनामा परेर किशोरको मृत्यु

भरतपुरमा मोटरसाइकल दुर्घटनामा परेर किशोरको मृत्यु
चितवन  । भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो । गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।