×

चितवन सेरोफेरो

अनेरास्ववियु विरेन्द्र क्याम्पस कमिटीको अध्यक्षमा सौगात बस्याल

अनेरास्ववियु विरेन्द्र क्याम्पस कमिटीको अध्यक्षमा सौगात बस्याल
अनेरास्ववियु विरेन्द्र बहुमुखी क्याम्पसको सम्मेलनबाट अध्यक्षमा सौगात बस्यालको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । विरेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आज भएको क्याम्पस सम्मेलनबाट अध्यक्ष बस्यालको नेतृत्वमा सर्वसम्मत कमिटी गठन भएको हो । यस्तै कमिटीको सचिवमा अरबिन्द ढुंगाना सर्वसम्मत चुनिएका छन । सदस्यहरुमा प्रशेन सापकोटा, रन्जन पाण्डे, आकाश सापकोटा, युवराज उपाध्याय, शैलेन्द्र यादव, स्मृति ढकाल, अभिषेक भट्टराई, कृष्ण न्यौपाने, एलिजा बास्तोला, सागर कं...

चितवन हात्ती महोत्सव : डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम

चितवन हात्ती महोत्सव : डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम
रत्ननगर । चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत विहीबार भएको डुंगादौर प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । चितवनका सात वटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । सौराहा स्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो । निर्धारित दुरी १२ मिनेट ४५ सेकेण...

गोल्डेन इमिनेन्टद्धारा खेलाडीहरुलाई जर्सी सहयोग

गोल्डेन इमिनेन्टद्धारा खेलाडीहरुलाई जर्सी सहयोग
चितवन । गोल्डेन इमिनेन्ट इन्टरनेशल प्रा.लि भरतपुरले चितवनका खेलाडीहरुका लागि जर्सी उपलव्ध गराएको छ ।विगत एकदशक देखि नेपाली विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनका लागि दक्षिण कोरिया पठाउदै आएको गोल्डेन इमिनेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुलाई जर्सी उपलव्ध गराएको हो । यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्की मार्फत खेलाडीहरुका लागि २० थान जर्सी उपलव्ध गराइएको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत सो सहयोग गरिएको गोल्डेन इमिनेन्टले जनाएको छ । चितवनको भरतपुरमा मूख्...

चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई

चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई
चितवन । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।आज सम्पन्न वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संथापक उपाध्यक्ष समेत रहेका भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टराईको नेतृत्वमा तीन वर्षे कार्यकालको लागि २१ सदस्य कार्यसमिति निर्वाचित भएका छन् । अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षता सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठ...

माडीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १९८ लाभान्वित

माडीमा भएको  निःशुल्क स्वास्थ्य शिविरमा १९८ लाभान्वित
चितवन । माडीको कल्याणपुरमा सञ्चालित विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरमा कूल १९८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।शिविरमा ९२ जनाले दाँतसम्बन्धी, ६० जनाले स्त्रीरोग सम्बन्धी र ४६ जना बालबालिकाहरुले बालरोग सम्बन्धी स्वास्थ्य सेवा लिएका हुन् । नेपाल रेडक्रस सोसाईटी नारायणगढ उपशाखा र कल्याणपुर उपशाखाको आयोजनामा माडी-६, कल्याणपुरस्थित उपशाखाको भवनमा शिविर सञ्चालन भएको थियो । शिविरमा स्त्रीरोग विषेशज्ञ डा. सुनिलमणि पोख्रेल, बालरोग विशेषज्ञ डा। खेमराज पौडेल र दन्तर...

नेकपा एमालेद्धारा भरतपुर महानगरमा कार्यकर्तालाई प्रशिक्षण

नेकपा एमालेद्धारा भरतपुर महानगरमा कार्यकर्तालाई  प्रशिक्षण
भरतपुर । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको आयोजना तथा जिल्ला स्कुल विभाग चितवनको संयोजनमा मंगलबार भरतपुरमा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर इन्चार्ज जेएन थपलियाको प्रमुख आतिथ्यता र महानगर अध्यक्ष शंकरराज थपलियाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले प्रशिक्षणबाट सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका थिए । सो अवसरमा प्रशिक्षकहरु पार्टी प्रद...

तमू प्ये ल्हु संघको ल्होसार नारायणी किनारमा हुँदै

तमू प्ये ल्हु संघको ल्होसार नारायणी किनारमा हुँदै
भरतपुर । तमू प्ये ल्हु संघ चितवनले यसवर्षको तमू ल्होसार पर्वलाई विशेष बनाउन नारायणी नदी किनारमा मनाउने तयारी गरेको छ। गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्थाको रूपमा स्थापित संस्थाले यसपटक खुला स्थानमा ल्होसार मनाउने तयारी गरिएको मङ्गलबार भरतपुर–११, नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबोमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। संघका अध्यक्ष बिक्रम च्हम्रु तमूका अनुसार ल्होसार पर्वलाई थप परिचित गराउने उद्देश्यले नदी किनारमा मनाउने तयारी गरिएको हो। ‘हामीले तयार...

भरतपुरमा उच्चस्तरीय राडारजडित क्यामरा जडान गरिने

भरतपुरमा उच्चस्तरीय राडारजडित क्यामरा जडान गरिने
चितवन । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने यो...

क्रिसमस पर्वको पूर्वसन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी

क्रिसमस पर्वको पूर्वसन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी
रत्ननगर ।क्रिसमस पर्वको पूर्व सन्ध्यामा पर्यटकीय नगरी सौराहामा सांस्कृतिक झाँकी निकालिएको छ । रेष्टूरेण्ट एण्ड वार एसोसियसन सौराहाको आयोजना र क्षेत्रिय होटल संघ नेपाल चितवनको सह आयोजनामा झाँकी निकालिएको हो । सौराहामा रहेका क्रिसमस पर्व मनाउने विदेशी पर्यटकलाई लक्षीत गरि सौराहाको संस्कृति चिनाउने उद्देश्यले झाँकी निकालिएको रेवानका अध्यक्ष नरेश गिरीले बताए । झाँकीमा आदिवासी जनजाती समूदाय सांस्कृतिक पहिरन सहित सहभागी गराइएको रेवानका महासचिव सूर्य रिमालले जानकारी दिए । र्‍ ...