चितवन । माडीको कल्याणपुरमा सञ्चालित विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरमा कूल १९८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।शिविरमा ९२ जनाले दाँतसम्बन्धी, ६० जनाले स्त्रीरोग सम्बन्धी र ४६ जना बालबालिकाहरुले बालरोग सम्बन्धी स्वास्थ्य सेवा लिएका हुन् ।
नेपाल रेडक्रस सोसाईटी नारायणगढ उपशाखा र कल्याणपुर उपशाखाको आयोजनामा माडी-६, कल्याणपुरस्थित उपशाखाको भवनमा शिविर सञ्चालन भएको थियो ।
शिविरमा स्त्रीरोग विषेशज्ञ डा. सुनिलमणि पोख्रेल, बालरोग विशेषज्ञ डा। खेमराज पौडेल र दन्तरोग विशेषज्ञ डा. लक्ष्मी अधिकारीले स्वास्थ्य प्रशिक्षण गर्नुभएको थियो ।रेडक्रस कल्याणपुर उपशाखाका सभापति रामकृष्ण अधिकारीको अध्यक्षतामा सञ्चालित शिविरको प्रमुख अतिथि रेडक्रस चितवन जिल्ला शाखाका मन्त्री राममणि खनाल रहनुभएको थियो ।



उज्यालो खबर




