×

अनेरास्ववियु विरेन्द्र बहुमुखी क्याम्पसको सम्मेलनबाट अध्यक्षमा सौगात बस्यालको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । विरेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आज भएको क्याम्पस सम्मेलनबाट अध्यक्ष बस्यालको नेतृत्वमा सर्वसम्मत कमिटी गठन भएको हो ।

यस्तै कमिटीको सचिवमा अरबिन्द ढुंगाना सर्वसम्मत चुनिएका छन । सदस्यहरुमा प्रशेन सापकोटा, रन्जन पाण्डे, आकाश सापकोटा, युवराज उपाध्याय, शैलेन्द्र यादव, स्मृति ढकाल, अभिषेक भट्टराई, कृष्ण न्यौपाने, एलिजा बास्तोला, सागर कंडेल, सुशील पौडेल, प्रवीण सापकोटा, दीक्षा भट्टराई, प्रताव पौडेल, अंशु कंडेल, आयुस्का गुरुङ, आयुष श्री बराल, बिनय आचार्य, राजेश ढकाल, सुवास सुवेदी, संगम पोख्रेल, समिक्षा भुसाल, अञ्जना भट्टराई, सन्जु अर्याल, हरि पौडेल, हिरालाल आचार्य र सिर्जना लम्साल रहेका छन ।

कमिटीको पहिलो पुर्ण बैठकले बाँकी पदाधिकारीको कार्यविभाजन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष एवं नेकपा एमाले चितवन जिल्ला विद्यार्थी फाट सह-इन्चार्ज देव पाठकले बताए । उद्घाटन सत्रमा जिल्ला कमिटी अध्यक्ष हरि आचार्य, बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती र नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले चितवन जिल्ला विद्यार्थी फाट सह-इन्चार्ज देव पाठक र अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष धर्म गिरीले मन्तव्य राख्नु भएको थियो ।

सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी फाट इन्चार्ज केशव आचार्य, अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग सदस्य आकाश गिरी, केन्द्रिय निर्वाचन आयोग सदस्य सचेत सुवेदी, केन्द्रिय लेखा आयोग सदस्य केशव रेग्मी, अनेरास्ववियु बाग्मती प्रदेश कमिटी उपाध्यक्ष निशा पुडासैनी, जिल्ला कमिटी उपाध्यक्ष सरोज तिमिल्सिना, निवर्तमान प्रदेश कमिटी सदस्य दिवस थपलिया अतिथी हुनुहुन्थ्यो ।

सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष धर्म गिरी लागाएत प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित कमिटीलाई सपथ ग्रहण प्रमुख अतिथि धर्म गिरीले गराएका थिए।

तपाईको प्रतिक्रिया