चितवन । गोल्डेन इमिनेन्ट इन्टरनेशल प्रा.लि भरतपुरले चितवनका खेलाडीहरुका लागि जर्सी उपलव्ध गराएको छ ।विगत एकदशक देखि नेपाली विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनका लागि दक्षिण कोरिया पठाउदै आएको गोल्डेन इमिनेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुलाई जर्सी उपलव्ध गराएको हो ।
यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्की मार्फत खेलाडीहरुका लागि २० थान जर्सी उपलव्ध गराइएको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत सो सहयोग गरिएको गोल्डेन इमिनेन्टले जनाएको छ । चितवनको भरतपुरमा मूख्य कार्यालय रहेको गोल्डेन इमिनेन्टले काठमान्डौ र बुटवलबाट समेत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।



















उज्यालो खबर








