चितवन । राप्ती र नारायणी नदीमा २६५ घडियाल गोही फेला परेका छन् ।यहि पौष १ गतेदेखी १५ गते सम्म चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको घडियाल गोहीको अनुगमनमा २६५ घडियाल गोही फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको उहाँले जानकारी दिनुभयो ।
नारायणी नदीमा ११३ वटा घडियाल भेटिएका थिए । जस मध्ये ३ वटा भाले रहेका छन् । त्यसैगरी राप्ती नदीमा १५२ वटा घडियाल फेला परेका थिए । जसमध्ये ३ वटा भाले रहेका छन् ।घडियाल अनुगमन कार्यमा काठको डुंगा, रबर वोट, जी.पी.एस, क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग गरिएको उहाँले बताउनुभयो ।चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिबिधता संरक्षण केन्द्र, सौराहाको गरी १० जना कर्मचारी खटिएका थिए ।



उज्यालो खबर




