×

चितवन । व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्यसंघ चितवनको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदका युवा उमेदवार शिरिष पन्तले आफु निर्वाचित भए चितवन महोत्सवको हिसाबकिताव ३५ दिनभित्र सार्वजनिक गर्ने घोषणा गरेका छन् ।उद्योग बाणिज्यसंघको सभाहलमा आयोजना गरिएको उमेदवार परिचय कार्यक्रममा पन्तले सो घोषणा गरेका हुन् ।

हरेक दुई दुई वर्षमा उद्योग बाणिज्यसंघले आयोजना गर्ने चितवन महोत्सवको हरहिसाव समयमा नहुने गरेको भन्दै आलोचना हुदै आएको छ ।कार्यक्रममा बोल्दै पन्तले चितवन महोत्सवम आयोजना गर्दा स्टल बुकिङको काम अनलाईन मार्फत लैजाने योजना रहेको सुनाए ।अनलाईन प्रविधी विना स्टलहरुको बुकिङ गर्दा आर्थिक चलखेल हुने गरेको छ , त्यसलाई रोक्न स्टल बुकिङ अनलाईनबाटै गर्नुपर्छ उनले भने ।

आफु सबै व्यवसायीहरुको साझा उमेदवार भएको भन्दै पन्तले ब्यवसायीहरुको हकहित मात्रै आफ्नो चाहना भएको बताए । बस्तुगत समितिको संयोजकको नाताले सो पदका लागि उमेदवारी दिएका साथिहरुको विचमा सहमती जुटाएर सर्वसम्मत बनाउनका लागि आफुले महत्वपूर्ण भूमिका खेलेको उमेदवार पन्तले बताए ।

शुक्रबार विहान पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष पदका उमेदवार पन्तले आफ्ना योजना प्रतिवद्धता र एजेण्डाहरु सार्वजनिक गर्ने तयारी गरेका छन् । क्षेत्रपुरको दियालो फुडल्याण्डमा हुने उवासंघको चुनावमा २७९४ जना व्यवसायी मतदाताहरुले भोट हालेर नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया