×

चितवन सेरोफेरो

रोटरी क्लब अफ चितवनले गर्यो पटिहानीमा वृक्षरोपण

रोटरी क्लब अफ चितवनले गर्यो पटिहानीमा वृक्षरोपण
भरतपुर २२ पटिहानिमा विभिन्न प्रजातिका वोट बिरुवा रोपिएको छ। रोटरी क्लब अफ चितवन र रोट्रयाक्ट क्लब अफ चितवनले भरतपुर महानगरपालिका वडा नं २२ स्थित आधारभुत विद्यालय परिसर र बिरेन्द्रनगर टोल बिकास संस्थाको बजार क्षेत्रको सौन्दर्यकरणका लागि करिब ३ सय वटा विभिन्न फलफुल लगायत अन्य प्रजातिका बिरुवा रोपिएको रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले वताउनुभयो। सर्वेश्वर टोल बिकास संस्था र बिरेन्द्रनगर टोल बिकास संस्था का स्थानियहरुको सहभागितामा रोपिएको बिरुवा संरक्षणमा र हुर्काउन म...

त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
काठमाडौं । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । अत...

शिक्षा मन्त्रालयमा ११४ दिन !

शिक्षा मन्त्रालयमा ११४ दिन !
  - कृष्णहरि पौडेल अघिल्लो दिन ग्याल्पो ल्होछार बिदाको दिनमा खैरहनी नगरपालिका, रत्ननगर नगरपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा वडास्तरीय कार्यक्रमहरुमा सहभागी भइयो। Bachelor का विद्यार्थीहरु पढाई सकिएर बोर्ड परीक्षाको तयारी बिदामा छन् । कक्षा १२ को अन्तिम परीक्षा वैशाखको १४ गते भएकाले पढाई सकिएर QT Exam मा छन् । कक्षा १२ परीक्षाको दिनमा कक्षा ११ बिदा दिइएको छ । कक्षा १२को QT परीक्षामा गार्ड बसिरहेको थिएँ । मोवाइलमा फोन आएको संकेत आयो । एक जना रनिङ्ग गार्डलाई एकछिन मलाई स...

चितवनका सिडिओ भन्छन-त्रिशूलीमा हराईरहेको बस भेटिएको छैन

चितवनका सिडिओ भन्छन-त्रिशूलीमा हराईरहेको बस भेटिएको छैन
चितवन । त्रिशूलीनदीमा बेपत्ता बस केराबारीमा भेटिएको भन्ने हल्ला सत्य नभएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । बस अहिले सम्म भेटिएको छैन उहाँले भन्नुभयो – यो विषयमा हामीलाई आधिकारीक जानकारी प्राप्त भएको छैन । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार प्रशासनको टोली फिल्डमै रहेको र सबैसँग सम्पर्कमै आफु रहेको बताउनुभयो ।यता चितवनका प्रहरी प्रमुख भावेश रिमालले बस भेटिएकोबारे खोजीकार्यमा खटिएका एक्सपर्ट टिमले पुष्टि नगरेको स्पष्ट पार्नुभयो । केराबारी ...

कालिकामा कयर खोलाले बगाएर एक जनाको मृत्यु

कालिकामा कयर खोलाले बगाएर एक जनाको मृत्यु
चितवन-  चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका वडा न. १० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो । खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा आज बिहान चेपाङको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।...

चितवनमा कन्टेनर र ट्रक ठक्कर खादा २ जना चालकको मृत्यु

चितवनमा कन्टेनर र ट्रक ठक्कर खादा २ जना चालकको मृत्यु
  चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा कन्टेनर र ट्रक एक आपसमा ठक्करखाँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतीय ट्रकका चालक उत्तर प्रदेश घर भएका २४ वर्षका हेहताव आलम र कन्टेनर चालक विरगंग घर भएका ४० वर्षका प्रमोद पटेल रहेका छन् । नारायणगढबाट मुग्लिन जादै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरित दिशााबाट आउदै गरेको भारतीय नम्बरको ट्रक एक आपशमा भतेरी जंगलमा जुध्दा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

सर्पले डसेर चितवनको माडीमा एक बालिकाको मृत्यु

सर्पले डसेर चितवनको माडीमा एक बालिकाको मृत्यु
चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ ।माडी न.पा-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया छोरी एलिसा थिंगको सर्पदंशका कारण मृत्यु भएको हो । बिहीबार (आज) बिहान करीब ४ बजे सर्पले टोकेकोमा एम्बुलेन्समार्फत बीरगंजतर्फ लैजाने क्रममा बाटोमै बालिकाको आफन्त मदन मोक्तानले जानकारी दिनुभयो । एकाबिहानै सर्पदंशका कारण बालिकाको मृत्यु भएसंगै हनुमानझुला क्षेत्र यतिखेर शोकमा परेको ...

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थल...

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पोथी गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पोथी गैंडा मृत फेला
चितवन- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक देखिएको छैन । उक्त गैंडा बुढो भएर मरेको हुन सक्ने अनुमान गरिएको तिवारीले बताए । गैंडा मृत फेला परेको विषयमा थप अनुसन्धान भइरहेको...