×

 

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा कन्टेनर र ट्रक एक आपसमा ठक्करखाँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतीय ट्रकका चालक उत्तर प्रदेश घर भएका २४ वर्षका हेहताव आलम र कन्टेनर चालक विरगंग घर भएका ४० वर्षका प्रमोद पटेल रहेका छन् ।

नारायणगढबाट मुग्लिन जादै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरित दिशााबाट आउदै गरेको भारतीय नम्बरको ट्रक एक आपशमा भतेरी जंगलमा जुध्दा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया