×

चितवन सेरोफेरो

फिस्लिङको पहिरो हटाइयो, राजमार्ग सञ्चालन

फिस्लिङको पहिरो हटाइयो, राजमार्ग सञ्चालन
चितवन। चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

स्थापना दिवसमा भरतपुरको टेलिकम वर्कर्स युनियनद्धारा आदर्श गृहमा भोजन सेवा

स्थापना दिवसमा भरतपुरको टेलिकम वर्कर्स युनियनद्धारा आदर्श गृहमा भोजन सेवा
  चितवन- स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए । ‘ हामीले मजदुरको आन्दोलन मात्रै होईन , समा...

बोस्टन इन्टरनेशल कलेजमा ब्याचलर अफ होटल म्यानेजमेन्ट ( BHM ) कार्यक्रम सुरु

बोस्टन इन्टरनेशल कलेजमा ब्याचलर अफ होटल म्यानेजमेन्ट ( BHM ) कार्यक्रम सुरु
  चितवन - चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशल कलेजमा यसै शैक्षिकसत्र देखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सुरु भएको छ । बीबीए, बीबीए फाइनान्स, बीसीएसआइटी अध्यापन गराउदै आएको बोस्टनले शैक्षिकसत्र २०८१/८२ देखि नयाँ कार्यक्रम “ब्याचलर अफ होटल म्यानेजमेन्ट” सुरु गर्न लागेको हो । शुक्रबार भरतपुरमा आयोजित एक विशेष कार्यक्रम मार्फत कलेजले BHM कार्यक्रमको शुभारम्भ गरेको छ । बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षता तथा भरतपुर महानगरप...

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
काठमाडौं ।सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दि...

चितवनमा अति भारी वर्षा, पछिल्लो चौबिस घन्टामा कहाँ कति ?

चितवनमा अति भारी वर्षा, पछिल्लो चौबिस घन्टामा कहाँ कति ?
  चितवन - चितवनमा अति भारी वर्षा मापन भएकोछ । पछिल्लो चौबिस घन्टामा चितवनको गोविन्दवस्तीमा २१८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ २४ घन्टामा १२८.६ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो चौबिस घन्टामा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ।त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ। पछिल्लो च...

बाढीपसेको करुणालय देवघाटमा रोटरी क्लब अफ चितवनको सरसफाइ

बाढीपसेको करुणालय देवघाटमा रोटरी क्लब अफ चितवनको सरसफाइ
  भरतपुर ।रोटरी क्लब अफ चितवनले रोटरी करुणालय परिसर र आवास भवनको सरसफाइ गरेको छ । गतहप्ता आएको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढिले करुणालयमा पांगोलेदो र फोहोर भरिएको थियो । बाढीले करुणालयका बृद्ध बृद्धाहरु पनी प्रभावित हुन पुगेका थिए । रोटरी क्लब अफ चितवन , रोट्याक्ट क्लव अफ चितवन र स्पाउज क्लब अफ आरसी चितवनले संयुक्त रुपमा उक्त क्षोत्रमा सरसफाई कार्यक्रम गरेका हुन् । सरसफाई कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष रोटरियन भानु शर्मा , रोटरी करुणालयका अध्...

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो । चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठब...

भरतपुरको मिलनचोकमा यामाहाको ब्लू स्क्वायर सोरुमको सुभारम्भ

भरतपुरको मिलनचोकमा यामाहाको ब्लू स्क्वायर सोरुमको सुभारम्भ
चितवन । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कर्माचार्य इन्टरप्राइजेजले भरतपुर–९, मिलनचोकबाट ब्लू स्क्वायर सोरुमको  शुभारम्भ गरेको छ ।कर्माचार्य इन्टरप्राइजेजकी संरक्षक मुनादेवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु बाबु अग्रवाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अग्रवालले यामाहा र कर्माचार्य इन्टरप्राइजेजको सम्बन्ध निकै पुरानो रहेको बताउनुभयो । हाम्रो यस बर्षौदेखिको सहकार्यलाई अझै उचाईमा पु¥याउँदै ग्राहकहरुको मन, मस्तिष्कमा...

त्रिशुलीमा हराएका बस, अब भोलिमात्रै खोजिने

त्रिशुलीमा हराएका बस, अब भोलिमात्रै खोजिने
  चितवन । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ ।बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए । ‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो’, उनले भने, ‘घटनास्थलबाट ३, ४ किलोमिटर वरपरसम्म खोज्दा पनि ...