×

 

चितवन । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ ।बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए ।

‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो’, उनले भने, ‘घटनास्थलबाट ३, ४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन ।’न्यौपानेका अनुसार त्रिशुलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

 

तपाईको प्रतिक्रिया