चितवन – चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशल कलेजमा यसै शैक्षिकसत्र देखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सुरु भएको छ । बीबीए, बीबीए फाइनान्स, बीसीएसआइटी अध्यापन गराउदै आएको बोस्टनले शैक्षिकसत्र २०८१/८२ देखि नयाँ कार्यक्रम “ब्याचलर अफ होटल म्यानेजमेन्ट” सुरु गर्न लागेको हो ।
शुक्रबार भरतपुरमा आयोजित एक विशेष कार्यक्रम मार्फत कलेजले BHM कार्यक्रमको शुभारम्भ गरेको छ । बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षता तथा भरतपुर महानगरपालिकाका पर्यटनन सल्लाहकार डा.विश्व सुजेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारी, BHM सहायक कार्यक्रम संयोजक बिमल अर्याल, मरियट काठमाण्डौकी कलस्टर निर्देशक अञ्जना खड्का, सोल्टी होटलका लर्निङ एण्ड डेभलपमेन्ट निर्देशक रुपेश श्रेष्ठ लगायतले BHM को महत्व र यसको भविष्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा होटल व्यवस्थापन शिक्षाका एसिया प्रशान्त र विश्वव्यापी दृष्टिकोणबारे कलेजका BHM परामर्शदाता मनोज विरमानीले अनलाइन मार्फत भिडियो प्रस्तुती दिनुभएको थियो । BHM लन्चीङ कार्यक्रममा पर्यटन तथा हस्पिटालिटी उद्योगका प्रतिनिधिहरु,साझेदार सस्था तथा विभिन्न कलेजका प्रतिनिधि तथा विद्यार्थीहरु गरि एकसय भन्दा बढीको सहभागिता रहेको थियो ।



















उज्यालो खबर










