
भरतपुर ।रोटरी क्लब अफ चितवनले रोटरी करुणालय परिसर र आवास भवनको सरसफाइ गरेको छ । गतहप्ता आएको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढिले करुणालयमा पांगोलेदो र फोहोर भरिएको थियो । बाढीले करुणालयका बृद्ध बृद्धाहरु पनी प्रभावित हुन पुगेका थिए ।
रोटरी क्लब अफ चितवन , रोट्याक्ट क्लव अफ चितवन र स्पाउज क्लब अफ आरसी चितवनले संयुक्त रुपमा उक्त क्षोत्रमा सरसफाई कार्यक्रम गरेका हुन् । सरसफाई कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष रोटरियन भानु शर्मा , रोटरी करुणालयका अध्यक्ष रोटरियन उत्तम लाल चुके, पूर्व अध्यक्ष महेन्द्रलाल प्रद्यान लगायत रोटरी क्लब अफ चितवनका पुर्व अध्यक्ष हरु, स्पाउस क्लब एवं रोट्रयाक्टहरुको सहभागिता रहेको थियो।