
चितवन । त्रिशूलीनदीमा बेपत्ता बस केराबारीमा भेटिएको भन्ने हल्ला सत्य नभएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । बस अहिले सम्म भेटिएको छैन उहाँले भन्नुभयो – यो विषयमा हामीलाई आधिकारीक जानकारी प्राप्त भएको छैन ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार प्रशासनको टोली फिल्डमै रहेको र सबैसँग सम्पर्कमै आफु रहेको बताउनुभयो ।यता चितवनका प्रहरी प्रमुख भावेश रिमालले बस भेटिएकोबारे खोजीकार्यमा खटिएका एक्सपर्ट टिमले पुष्टि नगरेको स्पष्ट पार्नुभयो ।
केराबारी क्षेत्रमा रातोरंगको केही बस्तु त्रिशूलीमा तैरिएको देखेर सिमलतालबाट बगाएको बसहुन सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै एक्सपट टिम केराबारी क्षेत्र पुगेर फर्कीएको समेत उहाँले जानकारी दिनुभयो । अहिलेलाई बस भेटिएको खबर पुष्टि नभएकाले हल्ला मात्रै भएको अधिकारीहरु बताउँछन् ।