
भरतपुर २२ पटिहानिमा विभिन्न प्रजातिका वोट बिरुवा रोपिएको छ। रोटरी क्लब अफ चितवन र रोट्रयाक्ट क्लब अफ चितवनले भरतपुर महानगरपालिका वडा नं २२ स्थित आधारभुत विद्यालय परिसर र बिरेन्द्रनगर टोल बिकास संस्थाको बजार क्षेत्रको सौन्दर्यकरणका लागि करिब ३ सय वटा विभिन्न फलफुल लगायत अन्य प्रजातिका बिरुवा रोपिएको रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले वताउनुभयो।
सर्वेश्वर टोल बिकास संस्था र बिरेन्द्रनगर टोल बिकास संस्था का स्थानियहरुको सहभागितामा रोपिएको बिरुवा संरक्षणमा र हुर्काउन महत्त्वपूर्ण भुमिका रहने कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुप्रसाद महतोले बताउनुभयो। रोटरी क्लब अफ चितवनका रोटरियन ऋषि न्यौपाने को संयोजकत्वमा बृक्षरोपण सम्पन्न भएको हो।