×

चितवन-  चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका वडा न. १० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो ।

खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा आज बिहान चेपाङको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया