अनेमसंघद्धारा भरतपुरको मोहन माविमा बृक्षारोपण
गैँडाकोट । अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १२ मा अवस्थित मोहन माध्यमिक विद्यालयको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा धुपी, म्यांगोट्री, कपुर लगायतका विभिन्न जातका बिरुवा विद्यालय परिसरमा रोपिएको थियो ।
अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२ का अध्यक्ष गायत्री श्रेष्ठको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा नेकपा...


