माडी उपत्यका- प्रकृति, आस्था र सम्भावनाको सुगन्धित फूलबारी
रेशम सापकोटा,माडी
चितवन — चितवन राष्ट्रिय निकुञ्जले तीनैतिरबाट घेरेको र दक्षिणतर्फ भारतको सीमासँग जोडिएको माडी उपत्यका केवल भौगोलिक दृष्टिले मात्रै होइन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र कृषि सम्भावनाको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।
धार्मिक आस्थाले भरिएको माडीमा थुप्रै पुण्यस्थलहरू छन्। अयोध्याधाम, वैकुण्ठधाम वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोधकधाम, छरछरे शिव मन्दिर, सोमेश्वरगढी, दक्षिण सोमेश्वर कालिका शनिधाम, चक्र तीर्थधाम, रेवा त्रिवेणीधाम, विक्रम ...


