
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।महतो आफ्ना १० जना साथीहरूसँग मगलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।
लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट टोली खटिएको थियो।प्रहरीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नियन्त्रणमा लिइएका महतोका साथीहरु
१. सुमन थापा भरतपुर–२२
२. प्रविण घिमिरे भरतपुर–२२
३. आदेश सुबेदी भरतपुर–१३
४. आशिष शर्मा भरतपुर–१४
५. मेघलाल चुंडाल काठमाडौं-२२ जोरपाटी
६. दिपेश महत्तो भरतपुर–२२
७. शुबु खत्री भरतपुर–२२
८. नारायण बस्नेत सुन्दरबजार–१, लमजुङ