चितवन — चितवनको दुर्गम क्षेत्र मानिने इच्छाकामना गाउँपालिका–५, हात्तीबाङमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। ग्रामीण बस्तीमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा सहभागी भएका स्थानीयले स्वास्थ्य जाँच र आवश्यक परामर्शसहित विभिन्न सेवा सुविधा पाएका थिए। उनीहरूले यस्तो कार्यक्रम दुर्गम बस्तीका लागि निकै उपयोगी र आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम बीसहजार जेसीजको आयोजनामा सम्पन्न भएको हो। जेसीजका पूर्वअध्यक्ष रमेश बस्ताकोटीले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार आगामी दिनहरूमा पनि यस्ता सेवा मूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।



उज्यालो खबर




