रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश
बुटवल- बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
अदालतले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्लाको आदेश पनि सदर गरेको छ। जिल्ला अदालत रुपन्देहीले रविसँग एक करोड धरौटी...


