नेपाल प्रहरीका ६३ एसपीको सरुवा, चितवनमा पुरी
काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गर्दै सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने जानकारी पनि गराएको हो ।
कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन् ।
एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा राजन लिम्बू , चितवनमा गोविन्द पुरी, कैलालीमा बालन...


