×

किशोर चन्द्र सापकोटा
चितवन – प्रेरणा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष योगेश कवर योगीसहित चितवनका दुई जना खेलाडिहरु जापानको ओसाका प्रस्थान गरेका छन् । बैशाख १२,१३,र १४ गते हुन गईरहेको २१ औं वाटा खुल्ला अन्त्रराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुनका लागि सो टिम जापानको ओसाका प्रस्थान गरेका छन् ।

प्रतियोगिताको लागि फाइटतर्फ ४८ केजी सुलभ शर्मा, पुम्सेतर्फ १४ बर्ष उमेर समुह अन्त्रगत सफल लामा र टिमको हेड कोचको रुपमा कवर योगी जापान प्रस्थान गरेका हुन् ।

यस भन्दा अघी कवर योगीको नेत्तित्वमा २०८१ असोजको ५ र ६ गते भारतको कोलकत्तामा भएको अन्त्रराष्ट्रिय मार्सलआर्ट प्रतियोगितामा नेपाललाई दित्तिय स्थान हासिल गरेका थिए । जसमा प्रेरणा तेक्वान्दो डोजाङबाट ६ जना खेलाडी सहभागी भएका थिए ।

त्यसैगरी २०८१ साल कात्तिक १० र ११ गते थाईल्याण्डमा भएको १० औं तिराक अन्त्रराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाटै ४ जना खेलाडी सहभागी भई पुम्सेतर्फ एक जना रजत पदक बिजेता र ३ जना कास्य पदक बिजेता भएका थिए ।

यस्तै तिराक अन्त्रराष्ट्रिय तेक्वान्दोमा फाइटतर्फ तर्फ ४ जना खेलाडी सहभागी भएका थिए । जसमा एक जना रजत पदक बिजेता र ३ जना कास्य पदक बिजेता भएका थिए ।

२०८१ माघ ७ गते विश्व तेक्वान्दो संघले लिएको अन्त्रराष्ट्रिय निर्णायक परिक्षामा योगेश कवर योगी भरतपुर महानगरपालिका र कर्णाली प्रदेशकै पहिलो अन्त्रराष्ट्रिय निर्णायक हुन सफल भएका थिए ।

तपाईको प्रतिक्रिया