×

चितवन सेरोफेरो

सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रम ओली

सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रम ओली
मुग्लिन -प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन रु ३० करोड ९० लाखमा निर्माण भएको हो । प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला ...

रास्वपा भरतपुर महानगरका कोषाध्यक्ष पौडेलद्धारा पदबाट राजिनामा

रास्वपा भरतपुर महानगरका कोषाध्यक्ष पौडेलद्धारा पदबाट राजिनामा
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाका कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजिनामा दिनुभएको छ ।पार्टीभित्रको परिवारबादको अध्यासलाई रोक्न र त्यसको बारेमा कुनैपनि आशंका नहोस भन्नका लागि पदबाट राजिनामा दिएको उल्लेख छ । आफ्ना श्रीमान् कृष्णहरी पौडेल रास्वपाको केन्द्रीय शिक्षा विभागको उपप्रमुखको रुपमा सकृय राजनितिमा संलग्न रहेको भन्दै उहाँले पदबाट राजिनामा दिएको बताउनुभयो ।पौडेलले राजिनामा पत्रमा आफ्नो निर्णयले पार्टीभित्रको नितीगत पारदर्शिता र इमान्दार...

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !
चितवन । काठमाडौं अहिले शिक्षकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । कतै रमाइलो, कतै जादु, कतै आक्रोशसहित शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहँदा चितवनको भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजंग गुरूङ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीलाई भने पर्नुसम्म पीर परेको छ । उनको विद्यालयको कक्षा ८ को नतिजामा सबै विद्यार्थी फेल भए । आधारभूत तहको उच्च कक्षा मानिने कक्षा ८ उत्तीर्ण नभइ कक्षा ९ मा पढ्न जाने अनुमति विद्यार्थीलाई हुँदैन । भरतपुर महानगरपालिकास्तरीय...

रामबहादुर बम्जनले पाए सफाइ

रामबहादुर बम्जनले पाए सफाइ
काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए । जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख र...

अक्सफोर्ड सेकेन्डरी स्कुलको अग्रेजी विभागको प्रमुखमा जोशी

अक्सफोर्ड सेकेन्डरी स्कुलको अग्रेजी विभागको प्रमुखमा जोशी
गैँडाकोट - नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले अग्रेजी विभाग प्रमुखमा देवीलाल जोशीलाई नियुक्त गरेको छ । देशका विभिन्न नाम चलेका स्कुलहरुमा अध्यापन गराइसक्नुभएका जोशीलाई अक्सफोर्डले माध्यामिक तहको अंग्रेजी विभाग प्रमुखमा नियुक्त गरेको हो । भरतपुर महनगरपालिका वडा नं. ३ निवासी जोशीले काठमान्डौको बुढानिलकण्ठ स्कुल, पोखराको गण्डकी बोडिङ्ग स्कुल, चितवनको स्मलहेभन स्कुल लगायतमा अध्यापन गराइसक्नुभएको छ । स्कुलका नवनियुक्त अग्रेजी विभाग प्रमुख जोशीले अक्सफोर्डलाई य...

भरतपुरको ६ लेन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि चितवन आउने

भरतपुरको ६ लेन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि चितवन आउने
चितवन । छ लेनमा विस्तारित ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली भोलि चितवन आउँदै छन् । ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए । संघीय सरकारको बजेटमा सडक विस्तार गरिएको हो । यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने भनिएकामा कार्य व्यस्तताका कारण ओली आउन पाएका थिएनन् । सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली नेपालीको सेनाको हेलिकप्टरमा चितवन आउन लागेका हुन् । नेकपा एमालेका अध्य...

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा शुभ कार्य सम्पन्न

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा शुभ कार्य सम्पन्न
पोखरा – पोखरा महानगरपालिका वार्ड नं। १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतादपनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ । त्यस्तै पुनः ऐतिहासिक श्र...

प्रधानमन्त्री ओली र निलम्बित एमाले नेतृ पाण्डेबीच ४५ मिनेट भेट

प्रधानमन्त्री ओली र निलम्बित एमाले नेतृ पाण्डेबीच ४५ मिनेट भेट
काठमाडौं । पार्टीका अध्यक्षलाई पोलिटब्युरोका नेताले भेट्नु कुनै समाचारको विषय होइन, तर एमालेमा मंगलबार यस्तै भयो । सोमबार, अर्थात् नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कतिपय नेताहरुलाई आफैंले फोन गरेर शुभकामना दिएथे । ओलीको फोन उठाउनेमध्ये एक थिइन्, विन्दा पाण्डे । एमाले मुख्यालय निर्माणका लागि जग्गादान प्रकरणको विरोध गरेवापत पोलिटब्युरोबाट ६ महिनाअघि निलम्बित थिइन् पाण्डे । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पनि निलम्बित थिइन् । ...

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न पटिहानीमा रैथाने बजार शुभारम्भ

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न पटिहानीमा रैथाने बजार शुभारम्भ
चितवन–स्थानीयबासीले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्न भरतपुर महानगरपालिका वडा नं।२२ ले रैथाने बजार संचालनमा ल्याएको छ । नयाँ वर्षको दिन पारेर वडा कार्यालयले वडा कार्यालयसंगै रहेको हस्तकला केन्द्र प्रदर्शनी भवनमा रैथाने बजार शुभारम्भ गरेको हो । महानगर प्रमुख रेनु दाहालले उक्त बजारको शुभारम्भ गर्नुभयो । सो क्रममा बोल्दै प्रमुख दाहालले वडा कार्यालयले गरेको यो कार्यको प्रशंसा गर्नुभयो । ‘वडा अध्यक्षज्यू नयाँ–नयाँ कुरा गर्न एकदम अग्रसर हुनुहुन्छ, स्थानीयबासीलाई कसरी राम्रो...