×

गैँडाकोट – नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले अग्रेजी विभाग प्रमुखमा देवीलाल जोशीलाई नियुक्त गरेको छ । देशका विभिन्न नाम चलेका स्कुलहरुमा अध्यापन गराइसक्नुभएका जोशीलाई अक्सफोर्डले माध्यामिक तहको अंग्रेजी विभाग प्रमुखमा नियुक्त गरेको हो ।
भरतपुर महनगरपालिका वडा नं. ३ निवासी जोशीले काठमान्डौको बुढानिलकण्ठ स्कुल, पोखराको गण्डकी बोडिङ्ग स्कुल, चितवनको स्मलहेभन स्कुल लगायतमा अध्यापन गराइसक्नुभएको छ ।
स्कुलका नवनियुक्त अग्रेजी विभाग प्रमुख जोशीले अक्सफोर्डलाई यसक्षेत्रकै अब्बल स्कुलको रुपमा स्थापीत गर्न आफुले प्रयास गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया