×

चितवन– चितवनको भरतपुर महानगरपालिका–२ नारायणगढस्थित लायन्स चोकमा स्कर्पियोको ठक्करबाट गएराति स्कुटर चालकको मृत्यु भएको छ ।गएराति १२ः५० बजेको समयमा चौविसकोटीबाट लायन्सचोकतर्फ जाँदै गरेको बा प्र०६–०१ प ११७३ नम्बरको स्कुटरलाई लायन्सचोकबाट चौबिसकोटीतर्फ आउँदै गरेको बा १५ च १७३७ नम्बरको स्कर्पियो गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्कर्पियोका ठक्करबाट स्कुटर चालक भरतपुर–१५ मंगलपुर बस्ने वर्ष ५३ को दिपक ढुङ्गानाको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले बताए । ढुङ्गानाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति १ः०७ बजे मृत्यु भएको हो ।स्कर्पियो चालक बारा कोलबी नगरपालिका–९ बस्ने वर्ष २८ को राधेश्याम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया