चितवन – लायन्स क्लब अफ चितवन न्यू भोईसको आयोजनामा नारायणी किनार स्थित बालकुमारी सुस्त मनस्थिति कल्याण विद्यालयमा “Hunger Relief Programme” अन्तर्गत सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। क्लबकी अध्यक्ष ला. सरिता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ J का डिस्ट्रिक्ट गभर्नर PMJF ला. दिनानाथ न्यौपानेको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा LCIF district coordinator MJF ला. दुर्गा लक्ष्मी श्रेष्ठ, अतिथिका रूपमा जोन चेयरपर्सन MJF ला. चाहना पिया, संस्थाका अध्यक्ष रोशन मास्के, प्रमुख बुद्धिमान गुरुङ तथा विद्यालयका शिक्षिका लगायत क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका संयोजक ला. मेलिना मल्ल र ला. मेनुका श्रेष्ठलाई सेवामूलक कार्यमा समय दिई योगदान पुर्याउनु भएकोमा क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ।सोही अवसरमा LCIF district coordinator MJF ला. दुर्गा लक्ष्मी श्रेष्ठज्यूको जन्मोत्सव पनि विद्यालयमै केक काटी मनाइएको थियो। क्लब परिवारले उहाँलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको लायन्स क्लब अफ चितवन न्यू भोईसका सचिव उर्वशी तोलाङ गोतामेले बताउनुभयो ।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य, अतिथि तथा शुभेच्छुकहरूलाई क्लबले हृदयदेखि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सामाजिक सेवामुलक कार्यहरूमा निरन्तर साथ र समर्थन रहने अपेक्षा गरिएको छ।



उज्यालो खबर




