लियो क्लब अफ भरतपुर युथद्धारा २०० जनालाई भोजन
चितवन । लियो क्लब अफ भरतपुर युथले २०० भन्दा बढि सडक बालबालिका , वेसाहारा र परिवारवाट टाढा भएकाहरुलाई आज खाना खुुवाएको छ । निषेधाज्ञाका कारण खाना खान समस्या परेका २०० जना सडक बालालिका सहित असाहयहरुलाई नारायणी नदि किनारमा आज विहान खाना खुुवाइएको हो ।
लियो क्लब अफ भरतपुरका अध्यक्ष दिपेश ज्ञवालीले पहिलो चरणको कार्यक्रम अन्र्तगत आज भोजन गराइएको बताउनुुभयो । कोहिपनि ब्यक्ति भोकै बस्न नपरोस, भन्ने उदेश्यले लायन्सक्लव अफ भरतपुर युुथको सहकार्यमा कार्यक्रम गरिएको ज्ञवालीले बताउनुुभयो ...


